वाफ महिला च्याम्पियनसिप दोस्रो खेल नेपाल-इराकबीच हुने

वाफ महिला च्याम्पियनसिप दोस्रो खेल नेपाल-इराकबीच हुने

काठमाण्डौं – वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इराकसँग खेल्दैछ ।साउदी अरबको किङ्ग अबदुल्लाह स्पो्र्टस सिटी स्टेडियममा राति पौने ८ बजे खेल सुरु हुनेछ । नेपालले यसअघि सिरियालाई हराएको थियो भने इराक प्यालेस्टाइनसँग हारेको थियो ।

नेपाललाई प्यालेस्टाइन, सिरिया र इराकसंगको समूहमा राखिएको छ । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणको अन्तिम खेलमा नेपालले पर्सि प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया