कर्णालीमा पहिलोपटक महिला सम्मेलन हुँदै

कर्णालीमा पहिलोपटक महिला सम्मेलन हुँदै

सुर्खेत - वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशकै पहिलो महिला सम्मेलनको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको यो महिला सम्मेलन सोमबारबाट सुरु हुँदैछ ।

आयोजक वीरेन्द्रनगर नगरपालिकाले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । यो महिला सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ  ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरुको सहभागी हुनेछ । १ सय १४ औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो  ।

प्रमुख ढकालका अनुसार कार्यक्रममा मुख्यगरी उप-प्रमुखरउपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ । ढकालले कार्यक्रममा प्रदेश सरकार, प्रदेश सभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरिसकेको गरीसकेको बताउनुभयो  ।

उहाँले अन्तर पार्टी महिला सञ्जाल सुर्खेत, शिक्षक महासंघ, नगर शिक्षक महासंघ विभिन्न संघ संस्थाहरुसँग छलफल गरेर प्रतिनिधित्व पठाइदिन अनुरोध गरिसकेको जानकारी दिनुभयो  । कार्यक्रममा प्रदेशभरबाट करिव एक हजार जना सहभागी हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया