मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सुर्खेत - मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ । 

यस्तै उक्त घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले बताउनुभयो  ।

उहाँका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो । सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको प्रकृतिबारे भने अहिलेसम्म बुझ्न नसकिएको उहाँले बताउनुभयो  ।

फोन सम्पर्क हुन समस्या भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया