बोलेराे दुर्घटना : चालकको लापरबाही

बोलेराे दुर्घटना : चालकको लापरबाही
सुन्नुहोस्

दैलेख -महाबु गाँउपालिका वडा नं. २ ऐराडीदेखि दैलेख सदरमुकाम तर्फ आउदै गरेको क.प्र. ००१ च ३२१ नम्बरको बोलेराे जीप गैरागाउँमा दुर्घटना हुँदा स्थानीय ७ जना घाइते भएका छन् । दुर्घटनामा ४० वर्षीया देबी बडुवाल, ५१ वर्षीया सबित्री नेपालीलाई बढी चोट लागेको थियो ।
गाडी चालक महाबु गाँउपालिका-१ खरिगैराका २३ वर्षीय सन्देश थापालाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारवाही थालेको र दैलेख अस्पतालमा उपचारपछि घाइतेहरु सबै घर फर्किएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । 
दुर्घटना चालकको लापरबाहीले भएको यात्रुहरुले बताएका छन् । जीप दुर्घटनाका घाइते ओमकार नेपालीले भन्नुभयो 'उपचारका लागि अर्काे जीपमा  आउदै गर्दा धेरैले भने लापरबाही तरिकाले गाडी चलाउँथ्याे, दुर्घटना गराउने निश्चित थियाे ।' उहाँले थप्नुभयाे 'संयाेगले ज्यान जाेगियाे ।'

 

प्रतिक्रिया