स्वास्थ्यको सहज पहुँच नहुँदा जोखिममा महिला

स्वास्थ्यको सहज पहुँच नहुँदा जोखिममा महिला

काठमाडौँ -  दैलेखको ठाटीकाँध गाउँपालिका -३ सुँइयाकि परिर्वतित नाम जुवारा उमेरले ५६ वर्ष पुग्नुभयो । उहाँमा पाठेघर खस्ने समस्याका कारण पिडित हुनुहन्छ । तर, यो कुरा उहाँबाहेक कसैलाई थाहा थिएन । समुदायका अन्य समुदायसमेतलाई थाहा थिएन । मनभित्रै गुम्साएर राख्नुभएको थियो । मकन यस्तो भयाको धेरै वर्ष पहिलाबाट हो डाक्टर सर,’उहाँले भन्नुभयो, ‘यसो भयापन कसैलाई थाह नाई । कसैलाई भन्याकोपन नाई । लाज मान्दो नराम्रो होकि लाग्दो ।’

 विगत लामो समय देखि आफुलाई यस्तो भएको तर, कसैलाई भन्न नसेको उहाँ बताउनुहुन्छ । गत चैत्रमा सोसेक नेपालले गाउँमै स्वास्थ्य शिविर चलाएपछि आफ्मा भएको समस्याले ठुलो रुप लिदै गएपछि अन्कनाइ अन्कनाई भन्न बाध्य हुनुभयो । सोसेक नेपालले राखेको शिविरले मलाई निकै सजिलो भयो उहाँ भन्नुहुन्छ । अहिले पाठेघरमा अडाउने एउटा रिङ्ग राखिदिनुभयो र काम गर्न निकै सजिलो भएको उहाँ बताउनुहुन्छ ।

त्यस्तै ठाटीकाँध गाउँपालिका -३ कै परिर्वतित नाम लालसुपाको पनि उस्तै समस्या थियो । उमेरले ४५ वर्ष पुग्नुभएको उहाँको पनि पाठेघर खस्ने समस्याले सताउनुसताएको बताउनुहुन्छ । लामो समयदेखि आफुमा पाठेघर खस्ने समस्या भएता पनि उहाँले कसैलाई भन्न नसक्नुभएको उहाँ बताउनुहुन्छ । सोसेक नेपालले चैत्र १९ गते देखि २१ गतेसम्म संचालन भएको शिविरमा आफ्ना समस्या राख्दै शिविरमा पुग्नुभएको थियो । स्वास्थ्यको सहज पहुँमा नरहेका उहाँहरुले सोसेक नेपाल आफ्नै गाउँघरमा शिविर संचालन गरेर पाठेघर खस्नेसम्बन्धि समस्याको समाधान गर्न शिविर नै संचालन गरेको भन्दै शिविर सम्पन्न पश्चात् सोसेक नेपाललाई धन्यवाद समेत दिनुभएको छ ।

सोही ठाउँकै २७ वर्षिया परिर्वतित नाम कमला विकको पनि उस्तै समस्या थियो । पाठेघर खस्ने खस्ने, सेतापानी बग्ने, ढाड दुख्ने, तल्लो पेट दुख्ने, लगायतका समस्या भोग्दै आउनुभएको थियो । सोसेक नेपालले घरआगनमै आएर यसरि शिविर संचालन गरेको प्रति उहाँले सोसेक नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरु एक प्रतिनिधि पात्र मात्र हो । ग्रामिण भेगका महिलाहरु स्वास्थ्यको सहज पहुँच नहुँदा यस्ता समस्या जटिल बन्दै गइरहेको स्वास्थ्यकर्र्मीहरु बताउँछन  ।

स्वास्थ्यको सहज पहुँच नहुनु, स्वास्थ्यमा ध्यान नदिनु, पौष्टिक खानपानको कमि, र कामको बोेझ बढी उठाउनुले ग्रामिण भेगका महिलाहरु पाठेघर खस्ने समस्याको जोखिममा छन  । स्वास्थ्यको सहज पहुूँच नभएकाले र स्वास्थ्यमा ध्यान नदिनु, चुलोचौको मेलापातमै बढी केन्द्रित हुनु र आफुमा भएको समस्या बताउन नसक्नुका कारण महिलाहरु पाठेघर खस्ने समस्याको सिकार भइरहेको स्वास्थ्यकर्मीको भनाई छ  ।

चैत्र १९ गते देखि एइआइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिका  स्वाथ्य शाखाको प्राबिधिक सहयोगमा सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना अन्र्तगत संचालन गरिएको शिविर बुधवार सम्पन्न भएको सहकार्य परियोजना संयोजक जिवराज रेग्मीले बताउनुभयो ।  उहाँका अनुसार १९ गतेबाट संचालन भएको शिविर १९ गते स्वास्थ्य चौकी सुँइया बिशाला, २० गते आधारभूत स्वास्थ्य चौकी माझखर्क २१ गते बुधवार आधारभूत स्वास्थ्य चौकी गैरागाउँमा शिविर संचालन भएर सम्पन्न भएको उहाँले जानकारी दिनुभयो  । 

परियोजना संयोजक रेग्मीका अनुसार ४६ जनाको स्वास्थ्य परिक्षण भएकोमा ४५ जनाको भिआइए र १ जनाको स्तन क्यान्सरको परिक्षण गरिएकोमा १ जनाको रेफर गरिएको र १ जना तेस्रो चरणको पाठेघर खसेको रिङ राखि थप उपचारको लागि रेफर गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै महिलाहरुको आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको साथै पहिचान शिविर ठाटीकाध ३ माझखर्क स्वास्थ्य चौकीमा ६४ जनाको स्वास्थ्य परिक्षण गरिएको र एक जनाको रिङ राखी थप उपचारका लागि रेफर गरिएको बताइएको छ ।

त्यस्तै बुधवार अन्तिम दिन २१ गते आधारभूत स्वास्थ्य चौकी गैरागाँउ ठाटिकाध गाउँपालिका -४ मा ४४ जनाको स्वास्थ्य जाँच गरिएको थियो  । स्वास्थ्य जँचमा ठाटीकाँध गाउँपालिका स्वास्थ शाखाबाट मञ्जु नेगि शाही, सुमित्रा  गुरुङ्ग र लिला चन्द शाहीले सेवा सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया