दुई नाल भरुवा बन्दुक र बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद

दुई नाल भरुवा बन्दुक र बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद फाइल तस्बिर

रुकुमपश्चिम-   जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई नाल भरुवा बन्दुक र बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागिमबाट बेवारिसे बन्दुक र बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका अनुसार लागिम स्थित कुवाखोलाको ओढारबाट दुई नाल भरुवा बन्दुक, एक नाल भरुवा बन्दुक बनाउन प्रयोग हुने पाइप, बारुद र छर्रा बरामद गरिएको हो । ओढारमा बन्दुक लगायतका सामग्री लुकाएर राखेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला र प्रहरी चौकी पिपलबाट खटिएको प्रहरी टोलीले उक्त सामग्री फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकार दिनुभयो ।

भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने सामग्री कसले राख्यो भनेर थाहा हुन नसकेको र अनुसन्धान चलिरहेको उहाँले बताउनुभयो । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट बेला बेला बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरिरहेको छ । 

प्रतिक्रिया