ग्रामीण बस्तीमा छुवाछूत विरुद्धको सचेतना जरुरी : अध्यक्ष शाही

ग्रामीण बस्तीमा छुवाछूत विरुद्धको सचेतना जरुरी : अध्यक्ष शाही

दैलेख – ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले जातीय विभेद विरुद्धको सचेतना कार्यक्रमहरु ग्रामीण बस्तीहरुसम्म पु¥याउन आग्रह गर्नुभएको छ । सामाजिक विकास कार्यालय दैलेखले ठाँटीकाँधमा आयोजना गरेको जातीय विभेद विरुद्धको सचेतना अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

अध्यक्ष शाहीले भन्नुभयो जातीय विभेद सामाजिक अचेतनको कारण अझैं जरा गाडेर बसेको उल्लेख गर्दै जातीय विभेद र छुवाछुत समस्या हटाउन समाजका शिक्षित र सामाजिक अगुवाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । 

त्यस बखत कार्यक्रमका सहजकर्ता जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले दैलेखमा जातीय विभेदका घटना पछिल्लो चार वर्षदेखि कुनै घटना अदालती प्रक्रियामा नआएको बताउदै समाज हुने विभेद हुन नदिन सचेत नागरिकहरुले अग्रसरता लिन आग्रह गर्नुभयो । 

कार्यक्रमका सहजकर्ताहरु अधिवक्ता लेखनाथ केसीले जातीय विभेद विरुद्ध कानूनी व्यवस्था विषय र अर्का सहजकर्ता पत्रकार अमर सुनारले दैलेखमा जातीय विभेदको स्थितिमा सामाजिक न्यायको अभ्यास विषयमा प्रकाश पार्नुभएको थियो ।

सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख महेशकेशर खनालको अध्यक्षतामा भएको जातीय विभेद विरुद्धको सचेतना अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले ठाँटीकाँधमा जातीय विभेदको अवस्था र विभेद अन्त्यको सवालमा आफूलाई खड्केको सवालहरु राख्नुभएको थियो ।  
 

प्रतिक्रिया