एमाले कालिकोटको अध्यक्षमा मल्ल

एमाले कालिकोटको अध्यक्षमा मल्ल

कालीकोट -   नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गनुभयो ।

यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ । 

साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले दुई सय १० मतसहित निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गर्नुभयो । सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गर्नुभयो । 

उप-सचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त निर्वाचित हुनुभयो भने उहाँका प्रत्यासीहरु प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाउनु भएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिनुभयो ।

उप-सचिव महिलामा ताराकुमारी शाहीले दुई सय १२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गर्नुभयो ।  निर्वाचनमा कुल चार सय २८ मतदातामध्ये चार सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया