जातीय विभेद सभ्य समाजको कलंक : उपप्रमुख थापा

जातीय विभेद सभ्य समाजको कलंक : उपप्रमुख थापा

दैलेख – आठबीस नगरपालिकाकी उपप्रमुख कल्पनाकुमारी थापाले पुरातन विश्वासको मान्यता बोकेको जातीय विभेद सभ्य समाजका लागि कलंक भएको बताउनुभएको छ । सामाजिक विकास कार्यालय दैलेखले राकममा आयोजना गरेको जातीय विभेद विरुद्धको सचेतना अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

उपप्रमुख थापाले जातीय विभेद अन्धबिश्वास र कुरीतिको पराकाष्टा भएकोले विद्यालय शिक्षा र सामाजिक जागरण माध्यमबाट हटाउनुपर्ने उल्लेख गर्दै सामाजिक विकास कार्यालय दैलेखले विकट गाउँबस्तीमा यस्ता सचेतना कार्यक्रम ल्याएको धन्यवाद दिनुभयो । 

त्यस बखत कार्यक्रमका सहजकर्ता जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले दैलेखमा जातीय विभेदका घटना पछिल्लो चार वर्षदेखि कुनै घटना अदालती प्रक्रियामा नआएको बताउदै समाज हुने विभेद हुन नदिन सचेत नागरिकहरुले अग्रसरता लिन आग्रह गर्नुभयो । 

कार्यक्रमका सहजकर्ताहरु अधिवक्ता लेखनाथ केसीले जातीय विभेद विरुद्ध कानूनी व्यवस्था विषय र अर्का सहजकर्ता पत्रकार अमर सुनारले दैलेखमा जातीय विभेदको स्थितिमा सामाजिक न्यायको अभ्यास विषयमा प्रकाश पार्नुभएको थियो । 

सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख महेशकेशर खनालको अध्यक्षतामा भएको जातीय विभेद विरुद्धको सचेतना अन्तरक्रिया कार्यक्रममा आठबीस नगरपालिकाका कार्यपालिकाद्वय सदस्य बीरबहादुर नेपाली, दयाराम बिक, बाल क्लवका अध्यक्ष सन्तोष बिक लगायतले आठबीस नगर क्षेत्रमा जातीय विभेदको अवस्था र विभेद अन्त्यको सवालमा सुझावहरु राख्नुभएको थियो ।  
 

प्रतिक्रिया