नवनियुक्त मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

नवनियुक्त मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

सुर्खेत - कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले हिजाे मुख्यमन्त्री कँडेललाई शपथ गराउनुभएको हो । मुख्यमन्त्री कँडेलले हिजै पदबहाली गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता कँडेल एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया