औधोगिक प्रदर्शनीका बिजेतालाई पुरस्कार बितरण

औधोगिक प्रदर्शनीका बिजेतालाई पुरस्कार बितरण
सुन्नुहोस्

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले हिजोदेखि सञ्चालन गरेको दुई दिने औधोगिक प्रदर्शनी प्रतियोगितामा दैलेखको भैरबी गाउँपालिका–७ कुसापानीमा रहेको हरिचक्र एग्रो डेरी उद्योगले ३० हजार रुपैंयाँको प्रथम पुरस्कार जितेको छ । उद्याेगका प्रतिनिधि टेकराज तिमिल्सेनाले पुरस्कार ग्रहण गर्नुभयाे । 

प्रतियोगितामा नौमूले गाउँपालिका–६ सल्लेरीको मालिका अल्लो प्रशोधन तथा बुनाई उद्योगकी सञ्चालक अमृता खड्कालाई दोश्रो स्थान हासिल गरी २० हजार र नारायण नगरपालिकाका–१० भवानीको जनआस्था हिमाली सिस्नो प्रशोधन उद्योगका शेरबहादुर बोगटीलाई १० हजार रुपैंयाँको तेश्रो पुरस्कार दिइएको छ । 

जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजंग शाहीले प्रतियोगिताका बिजयीहरुलाई एक समारोहबीच पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।  

दैलेख सदरमुकामको काँडाचौरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हातामा प्रदर्शनी उद्घाटन गर्दै प्रमुख शाहीले स्थानीय सीप, कला र ज्ञानको बजार प्रवद्र्धन गर्न औधोगिक प्रदर्शनी प्रतियोगिताले सहयोग पुगेको प्रदर्शनीमा सहभागी उद्यमीहरुले बताएका छन् । 

प्रदर्शनीमा राखिएका बस्तु तथा उत्पादनको मूल्यांकन गर्न जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका शाखा अधिकृत पप्रर्शुराम आचार्यको संयोकत्वमा सात सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो । 
 

प्रतिक्रिया