एकल तथा विपन्न दलित महिलाको निःशुल्क स्वास्थ्य बिमा

एकल तथा विपन्न दलित महिलाको निःशुल्क स्वास्थ्य बिमा

सिमकोट – दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा सुरुवात गरिएको छ। उनीहरूको स्वास्थ्य उपचारमा सहजताका लागि गाउँपालिकाले स्वास्थ्य बिमा गरेको हो ।

सिमकोट गाउँपालिकाले ०८०/८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा गरेको होे।

गाउँपालिका–१ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ वडा सम्मका विपन्न तथा एकल महिलाको स्वाथ्य बिमा गरिएको संयोजक भण्डारीले बताउनुभयो ।

यस्तै वडा नम्बर २ मा रहेका १४ जना, वडा ३ का १०, वडा ४ मा एक, वडा ५ मा ८, वडा ६ मा ७, वडा ७ मा ८ जना र वडा नम्बर ८ मा रहेका ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । प्रतिव्यक्ति लाग्ने विमित रकम तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको छ।

स्वास्थ्य बिमा कार्यक्रमले लक्षित परिवारका सदस्यलाई अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने विश्वास गाउँपालिकाले गरेको छ।
आगामी आर्थिक वर्षबाट दीर्घरोगीका बिरामीको समेत निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारीमा गाउँपालिका छ। निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बिमा कार्यक्रममा समेटिने भएको छ ।

 असारपछि दलित विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष, महिलालाई निःशुल्क स्वास्थ्य बिमामा समेटिदै जाने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया