राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

काठमाडौँ -   राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले राखेपको आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभएको छ । उक्त प्रतियोगिता यही वैशाख ४ गतेदेखि सञ्चालन हुँदैछ । 

राष्ट्रपति रनिङ शिल्डमा समावेश राष्ट्रिय खेल सङ्घका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आज यहाँ बसेको  बैठकमा सदस्यसचिव घिसिङले  प्रतियोगिता सफल बनाउनु सबैको दायित्व रहेको बताउनुभयो ।

उहाँले राष्ट्रपति रनिङ शिल्ड जुनियरको सबैभन्दा ठूलो प्रतियोगिता रहेको भन्दै यसलाई भव्य र सफल बनाउन सबैले सहयोग गर्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । 

सदस्यसचिव घिसिङले सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीयको प्रतियोगिता जुनियरस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले  खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० को टिमलाई परिचालन गरिने समेत बताउनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश गरिएको छ ।

प्रतिक्रिया