साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन

साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन

पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। मंगलबार दिउँसो ४ बजेतिर उपचारको क्रममा उहाँको निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ अस्पताल लगिएको शुभप्रभात साहित्री कुन्जका उपाध्यक्ष कृष्ण मर्सानीले बताउनुभयो । ‘श्वासप्रस्वासमा समस्या देखिएर लगिएको थियो । किड्नी, फोक्सोमा पनि समस्या भएको रहेछ,’ उहाँले भन्नुभयो । पंगेनीको बुधबार दिउँसो अन्त्येष्टि गरिने मर्सानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया