सल्यान उद्योग वाणिज्य संघ : अध्यक्षमा श्रेष्ठ प्यानल विजयी

सल्यान उद्योग वाणिज्य संघ : अध्यक्षमा श्रेष्ठ प्यानल विजयी

सल्यान -  सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा विरेन्द्र कुमार श्रेष्ठ विजयी हुनुभएको छ । अध्यक्षका प्रत्याशी भरत कुमार बस्नेतलाई १३५ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित हुनु भएको हो । बस्नेतले ६३५ मत ल्याउँदा श्रेष्ठले ७७० मत ल्याएर विजयी बन्नुभएको हो ।

अध्यक्षसहित पदाधिकारी र सदस्यमा सबैमा श्रेष्ठकै प्यानलले जित निकालेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार बिजयी भएका छन् ।

नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट बस्नेत नेतृत्वका उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए ।

संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापाले ८५५, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारीले ९४५, उद्योग उपाध्यक्षमा पलविर नेपालीले ७३६, महासचिवमा मोहन सारुले ८६०, सचिवमा रन बहादुर खडकाले ७८५ र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले ८५६ मत प्राप्त गरेर बिजयी बनेको निर्वाचन संयोजक वीर बहादुर सेजवालले जानकारी दिनुभयो ।

निकटतम प्रतिस्पर्धी संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसीले ५१०, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढाले ४१३, उद्योग उपाध्यक्षमा हपिस भण्डारीले ६२७, महासचिवमा मान बहादुर वलीले ५०१,सचिवमा ईन्द्रा भण्डारीले ५७१ र कोषाध्यक्षमा कमल घर्तीमगरले ४६५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सदस्यहरुमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवारहरु निर्वाचित भएका छन् महिला सदस्यमा हिरा चन्द, बिमला गिरी, गिता घर्ती, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा हरी बहादुर गुरुङ, अल्पसंख्यकमा मुस्तपा मियाँ र खुला सदस्यहरुमा गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छबिलाल बिसी, बिर बहादुर डाँगी, लिलाधर शर्मा, टोप बहादुर वली र बस्तुगत सदस्यमा लाल बहादुर खत्री बिजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि १९२६ मतदाता रहेको सल्यान उद्योग वाणिज्य संघमा १ हजार चार सय ९५ मत खसेको थियो  ।

प्रतिक्रिया