कञ्चनपुरका स्वास्थ्य चौकीमा औषधिको चर्को अभाव

कञ्चनपुरका स्वास्थ्य चौकीमा औषधिको चर्को अभाव


कञ्चनपुर–
दुई महिनादेखि कञ्चनपुरका स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको आपूर्ति हुन नसक्दा अभाव भएको छ ।

स्वास्थ्य चौकीमा उपलब्ध हुने औषधिको आपूर्ति नभए पछि निःशुल्क उपलब्ध हुने औषधिका लागि बिरामीलाई स्वास्थ्यकर्मीले निजी मेडिकलमा खरिदका लागि पठाउन थालेका छन् ।

स्वास्थ्य चौकीमा आपूर्ति हुने ७० प्रकारका औषधिमध्ये पाँच प्रतिशत औषधि पनि स्वास्थ्य चौकीमा उपलब्ध नहँुदा बिरामी मार्कामा परेका छन् ।

जीवनजल, सिटामोल, एडवन्डाजोल, डाइजिनलगायतका सामान्य औषधिसमेत स्वास्थ्य चौकीमा उपलब्ध नहुँदा बिरामीलाई अन्यत्र खरिदका लागि पठाउन थालेको पिपलाडी स्वास्थ्य चौकीका प्रमुख चेतराज भट्टले बताए ।

health-post-opening-dayजनस्वास्थ्य कार्यालयले अत्यावश्यक औषधिको आपूर्ति नगर्दा बिरामीलाई बाहिरका निजी स्वास्थ्य चौकीबाट औषधि खरिद गरी प्रयोग गर्नका लागि पठाइने गरिएको उनले बताए ।

स्वास्थ्य चौकीलाई जिल्ला र क्षेत्रबाट प्राप्त हुने औषधिको समेत आपूर्ति नगरिँदा औषधिको चर्को अभाव सिर्जना भएको छ ।

जनस्वास्थ्य कार्यालयलाई औषधि आपूर्तिका लागि पटकपटक माग गर्दै आएका छौँ, देखतभूली स्वास्थ्य चौकीका वरिष्ठ अहेब लीलाकान्त झाले भने, “हालसम्म औषधि आपूर्ति हुन नसक्दा बिरामीलाई औषधि उपलब्ध गराउन सकेका छैनौँ ।”

जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक बलबहादुर महतले केन्द्रबाटै औषधि खरिद भएर नआएकाले स्वास्थ्य चौकीमा औषधिको आपूर्ति गर्न नसकिएको बताए ।

जिल्ला र क्षेत्रबाट उपलब्ध गराइने औषधि खरिदसमेत हुन नसकेको उनले बताए । “केन्द्रबाट औषधि आपूर्ति हुने बित्तिकै स्वास्थ्य चौकीलाई औषधि उपलब्ध गराइन्छ”, उनले भनने । रासस

 

प्रतिक्रिया