प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षणबारे जानकारी

प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षणबारे जानकारी

एच.एस। थापा
दैलेख, भाद्र २१ – दैलेखमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र नेपाल दैलेखको आयोजनामा दैलेखका प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षण सम्वन्धी अभिमुखीकरण तालिम लिईएको छ । एकीकृत परियोजना अन्र्तगत कार्यक्षेत्रका गाँऊ बाल संरक्षण तथा संर्वद्धन उपसमिति तथा अन्य सरोकारवाला निकायका फोकल व्यक्तिहरु तथा नेपाल प्रहरीहरुका लागि बाल संरक्षण र मामिला व्यवस्थापन सम्बन्धि १ दिवसिय अभिमुखीकरण सोमवार दैलेख बजारमा संचालन गरिएको हो ।

बाल संरक्षण सम्वन्धी अभिमुखीकरणमा सहभागीहरु ।
बाल संरक्षण सम्वन्धी अभिमुखीकरणमा सहभागीहरु ।

उक्त अभिमुखीकरणमा एकिकृत परियोजनाको कार्यक्षेत्रका राकमकर्णाली, सिगौडी, विशाला, चामुण्डा, जम्बुकाँध, पादुका, खडकवाडा, पिलाडी, लालिकाँडा र सेरी गाविसबाट १÷१ जनाका दरले तथा जिल्लास्थित महिला तथा बालबालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय अन्र्तगत राकम, तल्लो डुगेश्वर, वेस्तडा, लालिकाँडा, नौमुले र दुल्लु प्रहरी चौकीबाट १÷१ जनाका दरले सहभागी भएका थिए ।
बाल संरक्षण र मामिला व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु बिच समन्वय कायम गर्ने तथा क्षमता अभिवृर्दि गर्ने हेतुले कार्यक्रममा आयोजन गरिएको थियो । सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्री वीरबहादुर ओलीले बालअधिकारको विकासक्रम÷बालअधिकार महासन्धि र यसका सिद्धान्तहरुतथायसका समुह, सेभ द चिल्ड्रनका बाल संरक्षण अधिकृत बिनु श्रेष्ठले स्थानिय, जिल्लातथा केन्द्रिय स्तरमा रहेका बालसंरक्षणका संयन्त्रहरू र यसकाप्रभावकारि कार्यहरू, सोसेकका कार्यकारी निर्देशक डम्बरबहादुर कार्कीले मामिला व्यवस्थापन र परियोजना संयोजक रत्न बहादुर बुढाले बालसंरक्षणकोअवधारणा÷यसकाप्रकारहरु र बालसंरक्षणका स्थानिय सवालहरु विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया