विद्यालयमा स्वास्थ्य र पोषण कार्यक्रम गरिने

विद्यालयमा स्वास्थ्य र पोषण कार्यक्रम गरिने

ज्वाला सन्देश समचारदाता
दैलेख, भाद्र २४ – जिल्ला विद्यालयहरुमा स्वास्थ्य र पोषण सम्वन्धी विभिन्न कार्यक्रम गरिने भएको छ । जिल्लास्तरीय विद्यालय स्वास्थ्य र पोषण समन्वय समितिले जिल्लामा पहिलो पटक गर्न लागेको हो ।

जिल्लास्तरिय विद्यालय स्वास्थ्य तथा पोषण समन्वय समितिको बैंठकमा सहभागीहरु

विहिवार जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेको अध्यक्षतामा जिल्लास्तरिय समन्वय समितिको बैठकमा सरोकारवालाहरुहरुले विद्यालय सुधार योजना अनुसार विद्यालय तहमा स्वास्थ्य र पोषण कार्यक्रम गरिने निर्णय गरिएको हो । समन्वय समितिको निर्णयअनुसार विद्यार्थीको स्वास्थ्य जाँचदेखी पोषणयुक्त खानेकुरा सम्वन्धी शिक्षा प्रत्येक विद्यालयहरुमा दिईनेछ ।
समन्वय समितिले विद्यालय स्वास्थ्य र पोषण कार्यक्रमको जिल्ला स्तरीय कार्ययोजना बनाउने र सम्बन्धित निकायहरु मार्फत कार्यान्वय गर्ने गराउने, विद्यालयमा खानेपनी, शौचालय, सरसफाई सञ्चालनका लागि समन्वय गरी गर्ने गराउने, सरोकारवालासंग कार्यालयसंग समन्वयन गरी कार्यक्रम गर्ने स्वीकृत नीति, निर्देशिका अनुसार कार्यक्रम गर्ने तथा परिमार्जन वाव संशोधन गर्नुपने भएमा सुझावहरु दिने लगायत कार्य स्वास्थ्य तथा पोषण समन्वय समितिले गर्ने गर्दछ । जिल्लास्तरिय विद्यालय स्वास्थ्य र पोषण समन्वय समिति गठनपछि विद्यालयस्तरिय स्वास्थ्य र पोषण समिति गठन गरिने जिल्ला शिक्षा कार्यालयका विनी झलक कोईरालाले बताए । सेभ द चिल्ड्ेनको साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा संचालित एकिकृत परियोजनाको कार्यक्षेत्रमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रममा अभिमुखिकरण गरिने संस्थाका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले वताए ।

प्रतिक्रिया