बालबालिकाले पाए, बालअधिकारबारे ज्ञान

बालबालिकाले पाए,  बालअधिकारबारे ज्ञान

दैलेख, असोज १० – दैलेख सदरमुकाममा जिल्लाका १५ बढी गाविसका बालबालिकाहरुले बाल अधिकार सम्वन्धी ज्ञान सिकेका छन् । बाल क्लब, बाल संजाल तथा जिल्ला बाल संजालका प्रतिनिधीहरुले १ दिवसीय अभिमुखीकरण कार्यक्रम बाल अधिकारका बारेमा अभिमुखीकरण गरिएको हो । SAM_3544 SAM_3549अभिमुखीकरण कार्यक्रम सेभ द चिल्डे«नसंगको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा संचालित एकिकृत परियोजना अन्र्तगत संचालन गरिएको हो । अभिमुखीकरण कार्यक्रममा कार्यक्रम संयोजक रत्न बुढाले बालअधिकारको विकासक्रम÷बालअधिकार महासन्धि र यसका सिद्धान्तहरु तथा यसका समुहको प्रस्तुतीकरण गरेका थिए । बालबालिकाहरुलाई बालसंरक्षणको अवधारणा÷यसकाप्रकारहरु र बालसंरक्षणका स्थानिय सवालहरु बालअधिकार अधिकृत मोहन पौडेलले दिनुभएको थियो । त्यस्तै बालबालिका विरुद्ध हुन हिंसाहरु, शारिरिक दण्ड सजाय, सिफारिस प्रणाली तथा बाल सुरक्षा नीतिका बारेमा सेभ द चिल्डे«नका बाल संरक्षण अधिकृत बिनु श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी बालबालिकाहरुले छोटो समयमै भएपनि सिकाई उपलब्धि राम्रो भएको बताएका छन् । बालबालिकाहरुले आफुभित्र निहित रहेको कला प्रस्तुत समेत गरेका थिए । समापन कार्यक्रममा प्रहरी नायव उपरीक्षक बीर बहादुर ओलीले बालबालिकाहरुमा भएका प्रतिभाहरुलाई सही मार्गदर्शन गर्न सकियो भनेमात्र भोलीको सभ्य समाज निर्माण गर्न सकिने बताए । जसको निमित्त सबैको भुमिका महत्वपूर्ण हुने उनले भनाई थियो । वलीले करिव १ घण्टा बढी बालबालिकाहरुलाई सहित मार्ग दर्शनका लागि जानकारी दिनु भएको थियो । यसका साथै सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले हामीले तालिममा सिकेका कुरा गाँउमा गएर ब्यवहारमा उतार्नुपर्ने बताए ।

प्रतिक्रिया