जिल्लामा खेलकुद छनौट उद्घाटन

जिल्लामा खेलकुद छनौट उद्घाटन

ज्वाला सन्देश संवाददाता
दैलेख, असोज २१– सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दैलेखमा जिल्ला स्तरिय खेलकुद छनौट प्रतियोगिता सुरु भएको छ । दैलेख सदरमकामस्थित टुडीखेलमा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले छनौट प्रतियोगिता उद्घाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठको अध्यक्षमा छनौट प्रतियोगिताको उद्घाटन गरिएको हो ।

जिल्ला स्तरिय खेलकुद छनौट प्रतियोगिता उद्घाटन समाहरोहमा सहभागी अतिथिहरु
जिल्ला स्तरिय खेलकुद छनौट प्रतियोगिता उद्घाटन समाहरोहमा सहभागी अतिथिहरु

जिल्ला स्तरिय खेलकुद छनौटमा एथलेटिक्सबाट महिला÷पुरुष गरी ६ जना, तेक्वान्दोमा महिला पुरुष गरी २६ जना, करातेबाट महिला पुरुष गरी २० जना, भलिवलबाट महिला पुरुष गरी २० जना, टेवुल टेनिस महिला पुरुष गरी ४ जना, उसुबाट महिला पुरुष गरी २३ जना, चेसबाट २ जनाको कोटा आएको खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । आफुहरुले थप खेलकुद र अहिले कोटा बढाउन पनि माग गरेको अध्यक्ष श्रेष्ठले बताए । माग गरिएको खेलकुदमा ब्याटमेन्टन, फुटवल रहेका छन् ।
कार्यक्रममा समसुर गुल्मका गुल्मपती रमेश खड्का, प्रहरी निरिक्षक पुष्कर चन्द, अनुसन्धान अधिकृत सुसान्त बराल, नारायण नगरपालिकका कार्यकारी अधिकृत गणेशविक्रम शाह लगायका कार्यालय प्रमुखहरु सहभागी रहेको थियो । उद्घाटन समाहरोहमा सांस्कृत झलकहरु देखाईएको थियो । त्यस्तै खेलाडीहरु अतिथिहरुलाई डेमो देखाएका थिए । कार्यक्रममा कार्यक्रममा विभिन्न खेलका खेलाडी, खेलप्रेमीहरुको सहभागीता रहेको थियो ।
फोटो क्याप्सन ः जिल्ला स्तरिय खेलकुद छनौट प्रतियोगिता उद्घाटन समाहरोहमा सहभागी अतिथिहरु । तस्विर ः गोविन्द केसी

प्रतिक्रिया