टँुडीखेलमा गायक मोहन गौतम गुन्जीए

          |   प्रकाशित मितिः शुक्रबार, अशोज २२, २०७२     ::: 377 पटक पढिएको   |  

दैलेख, असोज २२– सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट कार्यक्रमको पूर्वसन्ध्यामा गरिएको भब्य कार्यक्रममा दैलेख घर भएका चर्चित गायक मोहनकुमार गौतमले आफ्नो गित गाए । उनीले गित गाउदा टुडीखेलनै गुन्जायमान र स्तब्ध भएको थियो । लामो समयपछि शुभचिन्तकमाँझ सार्वजनिक स्थानमा गौतमले गित गाएका हुन् ।

गायक मोहनकुमार गौतम आफ्नो प्रस्तुती देखाउँदै

गायक मोहनकुमार गौतम आफ्नो प्रस्तुती देखाउँदै

उनले स्टेजमा उत्रे लगत्तै कर्णप्रिय गित गाउन नसकेपनि गाउन कोशिष गर्ने भन्दै गित सुरु गरेका थिए । स्टेजमा उत्ते लगत्तै उनले हातको रुमाल बगायो सलल …. गाए । गौतमलाई गितमा संगित दिनेहरुमा सागितिक क्षेत्रमा लागिरहेका स्रष्टाहरु विष्णु गौतम, बलराम गौतम, उत्तम श्रेष्ठ, पदमराज थापा लगायत रहेका थिए ।
उनले रेडियो नेपाल लगायत आफ्नो एल्वममा थुप्रै गित गाएका छन् । उनले गाएका गितहरुमा स्थानीय कलासंस्कृती बचाउनेदेखी पुराना मनछुने शब्दहरु हुने गर्दछ । गौतम संगितमै डिब्लोमा गरेका छन् ।



Leave a comment

Your email address will not be published.


*