बाल न्याय कार्यविधिका बारेमा छलफल

बाल न्याय कार्यविधिका बारेमा छलफल

दैलेख, असोज २५ – दैलेख सदरमुकाममा सरोकारवालाहरुले बाल न्याय कार्यविधि – हाम्रो दायित्व विषयक अन्र्तक्रियामा कार्यविधिका बारेमा वृहत छलफल छ । सेफ द चिल्ड्रेन÷ सामाजिक सेवा केन्द्र (सोसेक) को सहयोगमा वार एसोसियसन दैलेखको आयोजनामा वृहत रुपमा कार्यविधि कार्यान्वयको अवस्थाका बारेमा छलफल भएको हो । SAM_3874SAM_3873कार्यक्रममा जिल्ला अदालत दैलेखका श्रेस्तेदार गोविन्द आर्चायले बाल न्याय कार्यविधि, २०६३ “हाम्रो दायित्व” विषयमा कार्यपत्र प्रस्तुत गरेक थिए । बाल न्यायको अवधारणगत पक्षको सामान्य जानकारी, राष्ट्रिय एवं अन्तराष्ट्रिय कानुनको सामान्य जानकारी दिदै बाल न्याय कार्यविधि २०६३ मा रहेका कार्यविधिगत पक्षहरुको सन्दर्भमा हाम्रो दायित्व विषयमा सामान्य जानकारी तथा बाल न्याय प्रणालीको विकासको सम्वन्धमा सर्वोच्च अदालतको दृष्टिकोषको बारेमा कार्यपत्र मार्फत सरोकारवालाहरुलाई जानकारी गराईएको थियो । जिल्ला अदालत दैलेखमा बाल ईजलास विस्तार, बालमैत्री कक्ष निर्माण, र कार्यविधिलाई कायान्वयन गराउन बालमनोविज्ञ तथा समाजसेवीलाई तालिममा पठाईएको बताईयो । सरोकारवालाहरुले बाल न्याय कार्यविधि सम्वन्धी समस्या र चुनौतीहरु औल्याएका थिए । बाल न्याय कार्यविधिलाई सघाउन २ महिनाअघि जिल्ला न्यायधिसको अध्यक्षता ७ सदस्यीय समिति बनाईएको सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हिरासिह थापाले बताए । विगतभन्दा पछिल्ला वर्षहरुमा बाल न्याय कार्यविधि कार्यान्वयतर्फ उन्मुख भएको थापाको भनाई छ । जिल्ला अदालत सभा कक्षमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेको प्रमुख अतिथ्यमा दैलेख प्रहरी प्रमुख डिएसपी विरबहादुर वली, जिल्ला अदातलका श्रेस्तेदार गोविन्द आर्चाय, सरकारी कार्यालय प्रमुखहरु, सरोकारवालाहरु तथा कानुन ब्यवसायीहरु सहभागी भएका थिए । कार्यक्रम बार एसोसियसन दैलेख अध्यक्ष सुरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया