दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

ज्वाला सन्देश संम्वाददाता
दैलेख, असोज २७– सुर्खेतबाट साईंतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको गाईबान्नामा ना ३ ख २७८५ नम्बरको ट्रक भित्तामा पल्टिँदा च्यापिएर सिंगौडी–६ का ३३ वर्षीय गणेश शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकमा सवार अन्य ६ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृतक कर्णाली राजमार्ग अन्तर्गत पर्ने साईंमा सञ्चालित कर्णाली आयल स्टोरमा कार्यरत रहेको प्रहरीले जनाएको छ । बुधबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तले शव बुझेको जनाईएको छ ।

प्रतिक्रिया