दैलेखमा मनाईएको फुलपाती फोटो फिचर सहित

दैलेखमा मनाईएको फुलपाती फोटो फिचर सहित

गोविन्द केसी
दैलेख, कात्तिक ३ – आश्विन शुक्ल सप्तमीका अवसरमा मंगलवार दैलेखको चारखम्वा चौकमा भब्य रुपमा पुजाआजा गरी फूलपाती भि¥याईयो । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भि¥याउने कार्य गरिने जनाईएको छ । phulpati news and photooes (1) phulpati news and photooes (2) phulpati news and photooes (3) phulpati news and photooes (4) phulpati news and photooes (5) phulpati news and photooes (6)
प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले विशेष पुजाआजा गरी फुलपाती भि¥याईएको हो । फुलपातीमा नेपाली सेना र नेपाल प्रहरीले विशेष तोप समेत दिएका थिए । पुजाआजामा दैलेख प्रहरी प्रमुख डिएसपी विरबहादुर वली, समसुर गुल्मका गुल्मपती रमेश खड्का लगायतका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भि¥याउने चलन छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

प्रतिक्रिया