भागवत ज्ञान सप्ताह क्लश यात्र र उद्घाटन

भागवत ज्ञान सप्ताह क्लश यात्र र उद्घाटन

दैलेख कार्तिक १७ – भोली देखि भागवत ज्ञान सप्ताह महायज्ञ विन्द्रासैनी भगवती मन्दिर परिसरमा हुन लागिरहेको श्रीमद् भागवत ज्ञान सप्ताह महायज्ञको क्लश यात्रा र उद्घाटन भएको छ । लयाँटी बिन्द्रासैनी ४ मा अवस्थित माइभगवती मन्दिर परिसरमा कार्ति १८ देखि २५ गते सम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ मुल आयोजक समितिका संयोजक सुरतजंग शाहीले बताए । महायज्ञको क्लश यात्रा पञ्चकोशी तिर्थस्थल पादुका अस्थान देखि विन्द्रासैनी भगवती मन्दिर परिसर सम्म विभिन्न साँस्कृतिक झांकी, हुड्के नाँच र पञ्चेवाजा तथा दमाहाका साथ धुमधामका साथ भएको छ । क्लश यात्राको अन्त्य समय दिनको १ वजे महायज्ञको औपचारि उद्घाटन भएको छ, जसको उद्घाटन प्रमुख अतिथि समेत रहेका पुर्व माननीय सभासद राजबहादुर बुढाले गरेका थिए । महायज्ञका सात दिन पण्डित गुरुदेव श्री तिलकप्रशाद रिजाल ज्यूले संगितमय प्रवचन दिनुहुने छ । बिन्द्रासैनी भगवती मन्दिरको निर्माण र उक्त देवोभुमिलाई प्रयटकिय गन्तव्यको क्षेत्र बनाउन महायज्ञ गरिएको आयोजकले जनाएको छ । विन्द्रासैनी माइभगवतीलाई शक्तिशाली देवीका रुपमा मानिन्छ । सोचेका मनोआकांक्ष भगवतीले पुरा गर्ने जन विश्वासले बर्षमा पाँच पटक यस मन्दिरमा पर्वमेला सहित पुजाआजा गरिन्छ । जहाँ दर्शन र भाकलमा बोका चढाउनेको घुइचो हुन्छ । सप्ताह महायज्ञमा करिव ५ हजार धार्मिक आस्था राख्ने भक्तजन सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया