प्रहरी जनशक्ती कम हुँदा गस्तीमा समस्या

प्रहरी जनशक्ती कम हुँदा गस्तीमा समस्या

 ज्वाला सन्देश सम्वाददाता

दैलेख – प्रहरी चौकीमा जनशक्ती कम हुँदा गस्तीमा समस्या भएको नागरिकहरुले गुनासो गरेका छन् । दैलेख प्रहरीले गैडाबाजमा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकहरुले कार्यक्षेत्र टाढाटाढा भएकाले थोरै प्रहरीलाई गस्ती गर्न भ्याउनै गाह्रो हुने गुनासो गरेका हुन् ।

Polish Newsथरिथरिका मुद्दाहरुको सिलसिलामा गाँउगाँउ जानुपर्ने भएकाले थोरै प्रहरी हुँदा समस्या देखीएकाले तत्काल प्रहरी संख्या बढाउन दैलेख प्रहरी प्रमुख डिएसपी वीरबहादुर ओलीलाई स्थानीयले सार्वजनिक सुनुवाईमा अनुरोध गरे । गैडावाजमा ईलाका कार्यालयहरु रहेपनि प्रहरीको अस्थाई चौकी भएकाले ईलाका बनाउनुपर्ने माग स्थानीयले राखे । प्रहरीले गाँउमा निकै राम्रो काम गरेकोमा धन्यवाद समेत स्थानीयले दिदैं जिल्लाबाट गएका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक मोहनजंग बुटथापा सहितको प्रहरी टोलीलाई भब्य स्वागत गरेका थिए ।

सार्वजनिक सुनुवाईमा दैलेख प्रहरी प्रमुख वलीले समाजमा जातिय विभेद, महिला हिंसा लगायतका कुराहरु सवै तहबाट हटाउन अभियान चलाउनुपर्ने बताए । घरेलु मदिरा नियन्त्रणका लागि प्रहरी सक्रिय रहेकाले सवै मिलेर निरन्तरता दिनुपर्ने ओलीको भनाई थियो । कार्यक्रममा स्थानीय नागरिक अगुवाहरु, राजनितिक दलका प्रमुखहरु लगायत सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया