गौहत्या कसुरमा १२ वर्ष कैद

गौहत्या कसुरमा १२ वर्ष कैद

ज्वाला सन्देश सम्वाददाता
दैलेख, मंसिर ९, जिल्ला अदालतले गौहत्या कसुरमा एक युवालाई १२ वर्षको कैद सुनाएकोछ । न्यायधिश विश्वमंगल आत्रेयको ईजालसले मालिका गाविस ५ का युवा चन्द्र वहादुर शाहीलाई मुलुकी ऐन, चौपाया महलको ११ नम्वर वमोजिम कैद फैसला सुनाएको हो ।
चन्द्र वहादुरका सहोदर भाई केशवले गौहत्या गरेको जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । जाहेरवाला केशव वहादुर शाही, वादी नेपाल सरकार तथा प्रतिवादी चन्द्र वहादुर रहेको गौहत्या मुद्धा असोज १४ गते जिल्ला अदालतमा दर्ता भएको थियो । दैलेख जिल्ला अदालतका श्रेस्तेदार शाखा अधिकृत गोविन्द आचार्यले रिसको झोकमा अभियुक्त केशवले गाई हत्या गरेको स्वीकार गरेको वताउनु भयो ।

प्रतिक्रिया