संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री शाहीलाई दैलेखमा भब्य स्वागत
ज्वाला सन्देश सम्वाददाता
दैलेख, मंसिर २२ – स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीलाई गृह जिल्ला दैलेखमा मंगलवार भब्य स्वागत गरिएको छ । राज्य मन्त्री सपथ खाएपछि पहिलो पटक गृह जिल्ला आएकी राज्य मन्त्री शाहीलाई दैलेख सदरमुकाममा भब्य स्वागत गरिएको हो ।
दैलेख सदरमुकामका घरघरबाट मन्त्री शाहीलाई स्वागत तथा बधाई दिन सडकमा स्थानीयहरु निश्किएका थिए । पुरानो बजारस्थित भगवती टोलदेखी नै बधाई तथा स्वागत गर्नका लागि बाक्लो संख्यामा शुभचिन्तकहरु जम्मा भएका थिए । त्यस्तै राप्रपा नेपालका नेता तथा कार्यकता पनि स्वागतका लागि भेला भएका थिए ।
मन्त्री शाहीलाई जिविस दैलेखका स्थानीय विकास अधिकारी हरि प्याकुरेल र नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले कर्मचारीहरु सहित छुट्टाछट्टै स्वागत गरेका थिए । जिल्लाले मन्त्री पाएकोमा स्थानीयहरु हर्षित छन् । जिल्लाबासीबाट स्वागत तथा बधाई कार्यक्रमपछि मन्त्री शाही जनताको संविधान जनताकै माझमा विषयक कार्यक्रममा उनी सहभागी भएकी छन् ।
प्रतिक्रिया