७ प्रतिसत बालबालिका अझै स्कुल बाहिर

७ प्रतिसत बालबालिका अझै स्कुल बाहिर

ज्वाला सन्देश सम्वाददाता
दैलेख,पुस ८ गते । नेपाल सरकारले उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना अभियान थालेपनि उमेर पुगेका झण्डै ७ प्रतिसत बालबालिका अझै पनि विद्यालय जानबाट बञ्चित छन् । जिल्लाका दश गाविसका पाँच सय ७६ बालबालिका विद्यालय बाहिरै छन ।
बुधवार सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल को सम्झदारीमा सञ्चालित एकिकृत परियोजनाले गरेको अन्र्तक्रिया कार्यक्रममा ५ देखी ९ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक गरेको हो । ती गाविसमा दलित समुदायका दुई सय २ जना, जनजातिका ४५जना, अन्यजातीका तीनसय २९ जना उमेर पुगेपनि स्कुल भर्ना भएका छैनन् । जन्मदर्ता नहुनु,आमाबाबु नहुनु,विद्यालय टाढा भएर र पढन नसकेर जस्ता कारणबाट बालबालिका विद्यालय भर्ना हुन नसेका हुन् ।
दश गाविसमा गरिएको सर्वेक्षण अनुसार समुदायमा रहेका सात हजार ८७७ बालबालिका मध्ये सात हजार ३०१ जना बालबालिका विद्यालय भर्ना भएका छन् । जस मध्ये दलित समुदायका दुई हजार ४४३ जना बालबालिका मध्ये दुई हजार २४१ जना स्कुलमा भर्ना भएका छन् । त्यसैगरि जनजातिका पाँचसय ८३ जना मध्ये पाँचसय ३८ जना, अन्यजातीका चार ८५१ जना मध्ये चार हजार ५२२ जना विद्यालय जाने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यक्रम लागु गरिएका गाविसमा ५–९ वर्ष उमेरका बालबालिका राकमकर्णालीमा चारसय ६२ जना,सिगौडीमा नौसय ५६ जना,जबमुकाँधमा सातसय ८१ जना,चामुण्डामा एक हजार ६२७ जना,विशाला गाविसमा एक हजार २८० जना,पादुका गासिमा सात सय ४७ जना, खड्कवाडा गाविसमा सातसय ३४ जना,सेरी गाविसमा २५३ जना,पिलाडी गाविसमा चार १६ र लालिकाँडा गाविसमा छसय २१ जना बालबालिका छन् ।
त्यसैगरि ती गाविसहरुमा अपांग बालबालिको तथ्यांकमा ०–१८ वर्षसम्मका एकसय ८५ जना अपांग बालबालिका विद्यालय भर्ना भएका छन् । बालक छ जना,बालिका १३ जना १९ जना अपांग बालबालिका विद्यालय बाहिर रहेका छन् । विभिन्न कारणले ती बालबालिका विद्यालय बाहिर रहेका हुन् । विद्यालय टाढा भएर १३ जना बालबालिका अध्ययन गर्न नसकेका हुन भने शुल्क तिर्न नसकेर एक जना,विद्यानलय पोसाक,कापिकलम नहुँदा आठ जना,घरमा कमाउने अभिभावक नभएर २० जना,कमाउन घरबाहिर जना बाध्य भएकाले ११ जना,मौसमी बसाई सराई,चार जना,अपांगका कारणले १४ जना,दिर्घरोगीले एक जना,भाई बहिनी बस्तु भाउ हेर्नु कारणले २० जना,सौतेनी आमाको कारणले पाँच जना,आफै पढन नसकेर ५४ जना सानै उमेरमा विवाहको कारणले चारजना,समुदायमा पढन जाने साथी नभएर दुई जना,जन्मदर्ता,समय,बाबुआमा नहुनुले चार सय १५ जना,अनुर्तिण भएर पाँचजना गरि गरि जम्मा पाँच ७६ बालबालिका विद्यालय बाहिरै रहेको एकिकृत परियोजनाका संयोजक रत्नबहादुर बुढाले बताउनुभयो । कार्यक्रममा अधिकाँश सहभागी विद्यालय बाहिर रहेका बालबालिकालाई कार्यक्रमले विद्यालय पठाउने रणनिति तयार गर्नुपर्ने धारणा राखेका थिए ।
सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले विद्यालय शान्ति क्षेत्र हुन समिक्षा तथा समुदायमा आधारित शैक्षिक सुचना व्यवस्थापन प्रणाली को सेरिड कार्यक्रममा सो कुराको जानकारी गराईएको थियो ।

प्रतिक्रिया