पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता ः झा

पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता ः झा

ज्वालासन्देश समाचारदाता
दैलेख,पुस १८ गते । नेपाल पत्रकार महाँसंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले स्वतन्त्र पत्रकारिता लोकतन्त्र पहिलो आवश्यकता भएको बताउनुभयो । शनिवार श्रमजीवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले लोकतन्त्रको महत्वपुर्ण औजारलाई जोगाई राख्ने अभिभारा सञ्चारकर्मीलाई जाने भएकाले स्वतन्त्र पत्रकारिताको अभावमा लोकतन्त्र बलियो नहुने तर्क राख्नु भएको थियो । 936629_1695834717325757_3037918776278507602_n“पत्रकारिता लोकतन्त्रको अक्सिजन हो,लोकतन्त्र बलियो बनाउन श्रमजिवी पत्रकार ऐन लागु गरिनुपर्छ,”उहाँले भन्नुभयो । पत्रकार बलियो नभई पत्रकारिता र लोकतन्त्र बलियो हुदैन । पत्रकारलाई बलियो बनाउन व्यवसायिक पत्रकार बनाउनु पर्छ । कुनैपनि मुलुकमा लोकतन्त्र कति बलियो छ भन्ने कुराको मुल्याङन शासनपद्धति नागरिकको सहभागिता र सञ्चारको प्रभावकारिताको आधारमा गरिने हुँदा राजनिति दल र व्यापारीले सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्ने उहाले धारणा व्यक्त गर्नुभयो । प्रेसले माग गरेका कतिपय अधिकार संविधानमा नसमेटिएको र सुचनाको हकका सम्बन्धमा सार्वजनिक निकायका सुचना प्राप्ती र प्रयोगमा रोक लगाउन सक्ने सम्भावनालाई संविधानले जीवित राखेको उहाँले आरोप लाग्नुभयो । कार्यक्रममा न्यूनतम पारीश्रमिक निर्धारण समितीका अध्यक्ष पोषण केसीले व्यवसायिक पत्रकारहरुले कामअनुसारको ज्याला पाउने अवस्थाप्रती समितीले सक्दो पहल गर्दै आईरहेको र पारीश्रमिक नपाउने पत्रकारहरु पनि स्वयं आफ्नो अधिकारप्रति कर्तव्यनिष्ट हुन जरुरी भएको विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागी जिल्ला स्थित क्रियाशिल पत्रकार राजनिति दलका प्रतिनिधी सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुले पत्रकारको पारिश्रमिकप्रति आफ्ना कुरा राख्दै चिन्ता व्यक्त गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महाँसंघ दैलेख शाखाको आयोजनामा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया