पिडितको पक्षमा काम गर्न तयार छु ः अर्याल

पिडितको पक्षमा काम गर्न तयार छु ः अर्याल

ज्वाला सन्देश सम्वाददाता
दैलेख १९ पुस– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी जहिले पनि पिडितको पक्षमा रहेका काम गर्न तयार रहेको वताएका छन् ।IGP
आईतवार जिल्ला प्रहरी कार्यालय दैलेखले राखेको सरोकारवालाहरुसंगको अन्र्तक्रियामा वोल्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । नागरीकको सुचना र सहयोग नभए प्रहरी कानुनी उपचारमा कुनै कसुर नराख्ने उनको भनाई थियो । ‘पिडितले प्रहरीमा आउदा समस्या लिएर आउने र मुस्कानका साथ फर्किने वातावरणको अभ्यास प्रहरीले शूरुवात गर्दै आएको छ ।’ ‘प्रहरीभित्र रहेका खरावीलाई सच्याउन प्रहरीले अव समाजलाई ऐनाको रुपमा लिने प्रयास गरेको छ’ महानिरीक्षकले भने, ‘समाज सफा भयो भने मात्र प्रहरीले आफ्नो खराव कुरा देख्न सक्दछ ।’
साथै उनले एक फरक प्रसंगमा भने, ‘अहिले नेपाल प्रहरीमा ८ हजार दरबन्दी रिक्त रहेको छ, ठुलो संख्यामा दरबन्दी रिक्त भएकाले जिल्लामा माग अनुसार दरबन्दी पठाउन सकिएको छैन ।’ जिल्लाबाट दरबन्दी र प्रहरी युनिटको माग आइरहेपनि रिक्त दरबन्दीका केही पुरा गर्न सहजिलो भएको महानिरिक्षक अर्यालले बताए ।

प्रतिक्रिया