खडिखानमा छापिएर एक नेपालीको निधन

खडिखानमा छापिएर एक नेपालीको निधन

बागेश्वर, ७ माघ । वागेश्वर गढइ भन्ने ठाँउमा खडीखानमा काम र्गे तिलेपाटा गाविस वार्ड नं ३ मडासैन बस्ने अन्दाजी ४३ वर्षीय धन बहादुर कठायतको माटोको ढिस्काले छापिएर मृत्यु भएको छ । रोजगारीका सिलसिलामा भारतको उत्तराञ्चल प्रदेश स्थित वागेश्वर भन्ने ठाँउमा सो घटना २० जनवरीका दिन घटेको बताइएको छ । सो घटना पश्चात नेपालमा बस्ने उनको घरपरिवारमा शोकको माहौल बनेको छ भने सँगै ज्यालादार िगर्ने आफन्तहरु समेत काम गर्न डराएको खबर छ । त्यहाँ काम गर्ने उनका आफन्त, इष्टमित्रहरुले मृतक कठायतको हिजै दाहसंस्कार समेत गरिसकेका छन् । मृतकका १ छोरी, दुइ छोरा र श्रीमती गाँउमा नै रहेको शेरबहादुर थापाले बताएका छन् ।

प्रतिक्रिया