गर्भवती सहित तिन वर्षका बच्चाको हत्या

गर्भवती सहित तिन वर्षका बच्चाको हत्या

शेरबहादुर थापा, गुजरात, ८ माघ । गुजरातमा एक नेपाली युवाले गत हप्ता ३ वर्षको छोरा सहित गर्भवती महिलाको हत्या गरेको खुलेको छ । गुजरातको जामनगर स्थित आविष्कार अपार्टमेण्ट सरु सेक्सन रोडमा काम गर्ने मंगलसेन नगरपालिका वडा न.९ जुपु अछाम घर भएका लाल लुहारले आफनै पाँच महिनाकी गर्ववती २२ वर्षीया श्रीमती तारा देवी लुहार सहित ३ वर्षको नाबालक छोराको निर्ममतापुर्बक हत्या गरेका हुन । अभियुक्त लाल लुहारले घर भित्रै हत्या गरेर मट्टीतेलबाट आगलागी भई जलेर मृत्यु भएको वाहना गर्दै आएका थिए । उक्त कहालीलाग्दो घटना पछि मृतकका आफन्त शिवसेना शाखा प्रमुख महेश राना, प्रवासी नेपाली संघ भारत नविमुम्बइ नगर समिति अन्तर्गत पर्ने पनवेल प्रासका कोषाध्यक्ष लाल सिंह विक सहित सदस्य अमरे विक र बजिरे विक लगायतको एक टोली जामनगर गएको थियो । मुम्बईबाट गएको टोलिले सबै कुराको जानकारी लिदै घटना शंकास्पद रहेको पाएपछि त्यहाँको प्रहरीमा किटानी जाहेरी दिइएको थियो । तत्पश्चात त्यहाँको प्रहरी प्रशाशनले अभियुक्तलाई पक्राउ गरि भारतीय संविधानको कानुन अनुसार धारा ३०६ र ४९८ अनुरुप कारवाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया