दैलेख जेसिसमा सन्देश श्रेष्ठ

दैलेख जेसिसमा सन्देश श्रेष्ठ

दैलेख जेसिसमा सन्देश श्रेष्ठ अध्यक्ष चुनिनुभएको छ । आज भएको १८ औं अधिवेशनबाट २ जना कार्यकारी उपाध्यक्षमा रबि श्रेष्ठ एवं अनु प्याकुरेल, अरु ४ उपाध्यक्षहरुमा झलक भण्डारी, पूजा बीसी, सुमीक्षा चन्द र बिनोद श्रेष्ठ छानिनु भएको छ ।JCI Dilekh (2) JCI Dilekh (1)
जेसिसको विधान अनुसार अध्यक्षले यी पदाधिकारी बाहेक महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार समेत ४ जना मनोनीत गर्नुहुनेछ । सो अधिवेशनबाट कार्यसमिति चयन गर्न निर्वाचन अधिकृतको भूमिका दैलेख जेसिस सन २००० अध्यक्ष हीरासिंह थापाले निर्वाह गर्नुभएको थियो ।
अधिवेशनको उद्घाटन नेपाल जेसिसका सन २०१५ राष्ट्रिय उपाध्यक्ष अनिल शाहीले गर्नुभएको थियो भने अध्यक्षता सन् २०१५ का अध्यक्ष कृष्ण गौलीले गर्नुभएको थियो । त्यस बखत दैलेख जेसिसका निवर्तमान महासचिव गणेश केसीले वार्षिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो ।

प्रतिक्रिया