संविधानको रक्षा जरुरी ः उपमहासचिव भूसाल

संविधानको रक्षा जरुरी ः उपमहासचिव भूसाल

ज्वाला सन्देश संम्वाददाता
दैलेख, १४ माघ – नेकपा एमालको उपमहासचिव घनश्याम भूसालले नयाँ संविधानले जनतालाई प्रयाप्त अधिकार दिएको बताउनु भएको छ । दैलेख सदरमुकाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘संविधानको रक्षा गरे मात्र राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि संभव छ ।’
UML News (2) UML News (1)‘पहिलेका तुलनामा २०४७ को संविधान उत्तम थियो, त्यो भन्दा अहिलेको संविधान अझैं उत्कृष्ट छ । संसारकै सर्वाधिक समोवशी र जनतालाई अधिकार सम्पन्न नागरिक बनाएको संविधानको रक्षा हामी आफैले गर्नुपर्छ’ भूसालको आग्रह छ ।
भारतको आफ्नो भन्दा नेपालको संविधान उत्कृष्ट बनाएपछि डाहाले उसले नेपाल माथि नाकावन्दी गरेको उहाँले प्रतिक्रिया दिनुभयो । अहिले खुकुलो बनाए पनि फेरि नाकावन्दी लगाउन सक्छ, हामीले परनिर्भरता हटाउने विकल्प खोज्नुपर्छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भेरी अञ्चल इञ्जार्ज यामलाल कँडेलले संविधान घोषणा गर्दाका सहयात्री दलहरुको सहयोग विना प्राप्त उलब्धीलाई संस्थागत गर्न कठिनाई हुने बताउनुभयो ।
नेकपा एमालेको केन्द्रीय अभियान अन्तरगत भएको प्रशिक्षण कार्यक्रममा बैकल्पिकहरु केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा र जिल्ला कमिटी सचिव जंगबहादुर शाहीले पनि पार्टीको नीति, विचार, सिद्धान्त र संगठन सुदृढीकरण अभियानको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया