काँग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न

काँग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न

अमर सुनार
दैलेख, २३ माघ – नेपाली काँग्रेसको १३ औं राष्ट्रिय महाधिवेशनको कार्यक्रम अनुरुप शुक्रवार भएको क्षेत्रीय अधिवेशनको क्रममा दैलेखका २ क्षेत्रमा शान्तपूर्वक निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनबाट २२ महाधिवेशन प्रतिनिधि, १०–१० जना जिल्ला कार्यसमितिका सदस्य र विभिन्न ३ पदाधिकारी समेत १२–१२ जनाको कार्यसमिति निर्वाचित भएका छन् ।News NC election (2) News NC election (3)
क्षेत्र नंं. १ बाट महाधिवेशन प्रतिनिधिहरु कर्णबहादुर शाही, कृष्णकुमार बीसी, खेमराज केसी, गणेशबहादुर खड्का, जगतजंग थापा, मणिराम रेग्मी, बासना थापा, मोहनमाया प्याकुरेल, हिक्मतबहादुर बिक, लक्ष्मण गुरुङ्ग र गणेशबहादुर बोगटी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्षेत्र नं. २ बाट हिमबहादुर शाही, दिक्पालबहादुर शाही, भूपेन्द्रबहादुर महत, भूपेन्द्रबहादुर शाही, मधुरबिक्रम खनाल, रंगबहादुर शाही, रीता शाही, सुमित्रा शाह, आग्ने सार्की, सीता कुमारी राना र गणेशबहादुर माझी महाधिवेशन प्रतिनिधिमा जित्नुभएको छ ।
सो पार्टीको विधान अनुसार जिल्ला कार्यसमितिमा निर्वाचित हुने १०–१० जना जिल्ला कार्यसमितिका सदस्यहरु क्षेत्रीय अधिवेशनबाट चुनिनुभएको छ । क्षेत्र नं. १ बाट कर्णबहादुर खत्री, कर्णबहादुर शाही, झलक भण्डारी, टेकबहादुर कटुवाल, तीर्थबहादुर बुढा, सावित्री रेग्मी, सीता ज्ञवाली, रेशमबहादुर बिक, गणेश श्रेष्ठ र रणबहादुर कार्की निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं. २ बाट जिल्ला कार्यसमिति सदस्य पदमा किरण भण्डारी, इश्वर बिष्ट, कलम नेपाली, गणेशबहादुर शाही, जयबहादुर पुन, धीरेन्द्र सापकोटा, बसन्ता थापा, बिन्दू शाही, भक्तिप्रसाद उपाध्याय र रत्नबहादुर शाही समेत १० जनाले जित्नुभएको छ ।
यसैगरी क्षेत्रीय कार्यसमिति तर्फको निर्वाचनमा दैलेख क्षेत्र नंं. १ मा सभापतिमा गणेशप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ भने सचिव पदमबहादुर मल्ल, कोषाध्यक्ष केशवबहादुर शाही र ९ जना सदस्यहरु भक्तबहादुर रावत, रामबहादुर बुढा, खगेन्द्रबहादुर थापा, खड्ग बीसी, गंगबहादुर शाही, दत्तप्रसाद जैसी, नबिनकुमार शर्मा, पदमबहादुर सुनार र शेरबहादुर रावल निर्विरोध चयन हुनुभएको थियो ।
क्षेत्रीय अधिवेशनले दैलेख क्षे नं. २ का सभापति पदमा घनश्याम भण्डारी, सचिव खगेन्द्रबहादुर शाही, कोषाध्यक्ष पदमा कल्पना अधिकारीलाई निर्वाचित गरेको छ । क्षेत्रीय कार्यसमितिका बाँकी ९ सदस्यहरुमा नैनबहादुर शाही, जीवराज गौतम, गगन शाही, सीता बिक, पूर्ण खनाल, रुद्र तिमिल्सेना, मिठू कार्की र चक्रबहादुर शाही चुनिनुभएको छ ।
नेपाली काँग्रेसको विधानले निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्येबाट मात्र २५ गतेको जिल्ला अधिवेशनमा सभापति पदको उम्मेदवार बन्न सक्ने व्यववस्था गरेको छ । जिल्ला अधिवेशनले जिल्ला सभापति, १ जना सचिव र १ जना कोषाध्यक्ष निर्वाचित गर्नेछन् । जिल्ला अधिवेशनमा पनि ४९ गाविस र २ नगरपाविकाबाट छनौट भई आएका करिब ६ सय प्रतिनिधिहरुले मतदान गर्न पाउनेछन्, क्षेत्रीय अधिवेशनमा पनि उनीहरुले नै मतदान गरेका थिए ।
सो पार्टीको विधानले नै गाउँ, नगरदेखि क्षेत्रीय सभापति, जिल्ला सभापतिले निर्वाचित सदस्यहरु मध्येबाट उपसभापति, १ जना सचिव मनोनीत गर्न पाउने व्यवस्था छ । त्यसको अलवा क्षेत्रीय सभापति र जिल्ला सभापतिले क्षेत्रीय अधिवेशन प्रतिनिधिहरु मध्येबाट ८ जना सदस्य आफैले चाहेको व्यक्ति मनोनीत गर्न सक्ने प्रावधान छ ।
क्षेत्रीय सभापति जिल्ला कार्यसमितिको पदेन सदस्य र महाधिवेशन प्रतिनिधि हुन्छन् । क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्य र पदाधिकारी सहित क्षेत्रीय कार्यसमितिका चयन गर्ने भएकोले क्षेत्रीय अधिवेशनलाई बढी महत्व दिइन्छ ।
दैलेखका दुबै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शान्त र मर्यादित तरिकाबाट सम्पन्न भएको क्षेत्र नं. १ का क्षेत्रीय निर्वाचन अधिकृत नरेन्द्रराज उपाध्याय र क्षेत्र नंं. २ का क्षेत्रीय निर्वाचन अधिकृत केशव भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया