दैलेखमा झाडापखालाले दुई जनाको मृत्यु

दैलेखमा झाडापखालाले दुई जनाको मृत्यु

ज्वाला सन्देश समाचारदाता
दैलेख,फागुन २ गते । झाडापखालाबाट दैलेखमा दुई बालकको मृत्यु भएको छ भने १८ जना विरामी परेका छन् । मृत्यु हुनेमा तोलीजैसी –८ नैन तिरुवाको ७ महिनाको नाति अञ्जल वि.क.र मन्दिरे तिरुवाको ८ महिनाको नाति कृष्ण वि.क. हुन् ।
शनिवार राती स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको तोलीजैसीका टेकबहादुर थापाले टेलिफोनबाट जानकारी दिनुभयो । विरामी परेका दुई जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको डा.विकास शाहले टेलिफोनबाट जानकारी दिनुभयो ।
झाडापखाला लागेका विरामीको आउने क्रम जारी रहेकाले झाडापखालाले महामारी लिन सक्ने डाक्टर शाहले बताउनुभयो । उहाँले भन्नुभयो,अहिले १८ जना विरामीको उपचार भइरहेको छ आउने क्रम जारी छ । प्राथमिक स्वास्थ्य केन्द्र र स्थानीय मेडिकलमा विरामीको उपचार भइरहेको छ । झाडापखाला र निमोनियाको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर निर्मल रसाइली जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा बत्ती नभएकाले कृष्ण उमाविमा खोप सञ्चालन गरेको छौं उहाँले थप्नुभयो ।
झाडापखालाबाट दुई बालकको मृत्यु भएपछि छिमेकी गाविस लकान्द्र सात्तला र विशाला तिलेपाटाका स्थानीयबासीमा त्रास छाएको लकान्द्र गाविसका रक्षबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया