माथिल्लो कर्णाली आयोजना वर्षदिनभित्र गर्नुपर्ने काम नै अधुरै

माथिल्लो कर्णाली आयोजना   वर्षदिनभित्र गर्नुपर्ने काम नै अधुरै

ज्वाला सन्देश सम्वाददाता
दैलेख, फागुन ५ – माथिल्लो कर्णाली जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता (पीडिए) भएको १६ महिना बितिसक्दासमेत पिडिएमा १ वर्षभित्र गर्नु काम अँझै सम्पनन हुन सकेको छैन् । सरकारी निकायबाट भएको ढिलाई र लामो समयसम्म भएको नाकाबन्दीले कामहरु प्रभावित भएको विकासकर्ता कम्पनी जिएमआरले जनाएको हो ।
जिएमआर श्रोतका अनुसार पुनर्वास तथा पुनस्र्थापना, वित्तीय व्यवस्थापन, स्थानीय लाभ बा“डफा“डसम्बन्धी योजना, ग्रामिण विद्युतीकरण, विपद् व्यवस्थापन योजना,रोजगारी तथा सीपसम्बन्धी तालिम योजना, पूर्वाधार विकास, क्याम्प, सडक, कोलोनी, वन–जग्गाको पहिचान तथा प्रमाणीकरण, सुरुङ सर्भे, भूप्राविधिक अनुसन्धान लगायत कामहरु परियोजना निर्माण पहिले गर्नुपर्दछ । तर, ती मध्ये रोजगारी तथा सीप, पुनर्वास तथा पुनस्र्थापना, स्थानीय लाभ बा“डफा“ड, ग्रामिण विद्युतीकरण र विपद् व्यवस्थापन योजना पीडिए भएको मितिले एक वर्षभित्रै पुरा गर्नुपर्ने उल्लेख छ । धेरै काम अँझै हुन सकेको छैन् । । राजनितिक गतिरोधका कारण आयोजना निर्माण पूर्व गर्नुपर्ने काम र पिडिएभएको एक वर्षभित्र गर्नुपर्ने काम प्रभावित भएको हो ।
अहिले कम्पनीले वर्षातका अघि, वर्षातको बेला र वर्षात सकिएपछि पानीको अवस्था, यहाँ पाईने माछाको बाह्रै महिना अध्ययन गरिरहेको छ । त्यस्तै बेसलाइन सर्भे, प्रोजेक्ट पूर्वका आधारभूत कार्यहरु गरिरहेको निर्माण कम्पनी जिएमआएका एक ईन्जिनियरले बताए छ । स्वतन्त्र कन्सल्ट्यान्सी संस्था ईआए÷नेस जोयन्ट भेन्चर कम्पनीमार्फत् भौतिक, जैविक, सामाजिक, आर्थिक वस्तु÷संरचनाको सर्भे समेत भईरहको छ ।
पुनर्वास तथा पुनस्र्थापना लगायतका योजनाको अन्तिम ड्राफ्टका लागि स्थानीयसंग छलफलमा लगिएको जिएमआरका एक कर्मचारीले बताए । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि सरकार र भारतीय कम्पनी जिएमआरबीच २०७१ असोज ३ मा पीडिए हस्ताक्षर भएको आयोजना १ खर्ब १६ अर्ब लागतमा निर्माण पुरा हुने अनुमान गरिएको छ । दैलेखको सात्तला डाबमा १६ फिट अग्लो ड्याम बनाई अढाई किमी सुरुङमाफर््त एक सय ५० मिटर तल पर्ने अछामको बल्देमा पानी खसालेर विद्युत उत्पादन गरिदैछ ।

प्रतिक्रिया