प्रमओली स्वदेश फिर्ता लगानीको वातावरण बन्यो– ओली

प्रमओली स्वदेश फिर्ता लगानीको वातावरण बन्यो– ओली

शेरबहादुर थापा, मुम्बई १२ फागुन । छ दिनको राजकीय भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण बनाइएको बताएका छन् । मुम्बईको हयात होटलमा आज भारतीय तथा नेपाली उधोगी व्यवायीहरुको जमघटलाई सम्वोधन गदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले व्यापारीहरुलाई सम्वोधन गर्दै नेपालमा लगानी गर्न एक क्षेत्र मात्र नभएको प्रस्ट पादै विजुली, उद्योग, व्यवसाय लगायत यहाँहरुले चाहेको क्षेत्रमा लगानी गर्न सकिने जिकिर समेत गर्नुभयो ।

pm at lunchउहाँले नेपालमा लगानी गर्न व्यावसायीहरुका लागी थुप्रै कानुनी अडचन हटाएर वैदेशीक लगानी भित्र्याउन नेपाल सरकार आतुर रहको बताउनुभयो । उनले नेपालमा मनोरम प्रकृतीले साथ दिएको, सगरमाथा रहेको, सिताको जन्मस्थल रहेको, गौतम वुद्धको जन्मभुमि, पशुपतिनाथको मन्दिर तथा एक सिंगे गैडा लगाएतका थुपै सम्पदा तथा श्रोतहरु रहेको भन्दै नेपालमा लगानी गरेर नेपाललाई विकसित बनाउने आफ्नो चाहनालाई साथ दिन समेत अनुरोध गर्नुभयो । उहाँले नेपालमा अब शान्ती स्थापना भइसकेकाले ढुक्क भएर लगानी गर्न समेत अनुरोध गर्नुभयो । कार्यक्रममा भारत र नेपालका उधोगी तथा व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेपाल न्यूजले प्रचण्डले ५० पचास प्रतिशत सहभागीताकासाथ स्थानीय निकायको चुनावमा जानेभन्ने बारेमा के भन्नुहुन्छ भन्ने प्रश्नमा यो उहाँले बढि नै महत्वाकांक्षा राख्नुभएको भन्दै टिप्पणी समेत गर्नुभयो ।
……………………………………………………….
प्रधानमन्त्री आलीलाई भेट्न पुगेका प्रवासी नेपाली संघ भारत तथा अन्य संघ सस्थाका प्रतिनिधिहरुले प्रम ओलीको फूलमाला पहि¥याउदै स्वागत समेत गरेका छन् । प्रम ओली व्यापारीसँगको सम्वोधन पश्चात प्रवासी नेपालीहरुसँग व्यस्तताका वावजुद करिब १० मिनेटका लागी भेट घाटमा समेत सहभागी बने । यधपी ओलीसँग आफना गुनासा पोख्न र उनका कुरा प्रत्यक्ष सुन्न भने उपस्थित नेपालीहरुले पाएनन । यस अघि प्रम ओली प्रवासी नेपाली संघ भारतले प्रमआई ज्ञापनपत्र समेत बुझाएको थियो ।
……………………
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको संयुक्त बक्तब्य नआउँदैमा आफ्नो भ्रमण असफल भएको टिप्पणी गर्न आवश्यक नरहेको बताउनुभएको छ । मुम्बईमा रिपोर्टस क्लवसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण बक्तब्यकालागि नभएर सुमधुर सम्बन्ध पुर्नस्थापीत गर्नकालागि भएको समेत बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो ‘मेरो भाषणमा मैले नाकाबन्दी शब्द उच्चारण गरिन भन्ने कुराले अर्थ राख्दैन । मैले यहाँको जनता, सरकार र राजनीतिज्ञको राम्रो सद्भाव पाएको छु । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले, प्रमले भ्रमणलाई अतिरञ्जित बनाएको भनि गरेको टिप्पणीमा प्रधानमन्त्रीले भने, ‘कसले के भन्छ मलाई मतलब छैन । म प्रतिक्रियाको पछि लाग्ने मान्छे होईन । नेपाली जनताको विषय लिएर आएको हु त्यसमा म सफल भए ।’
…………………………………………

यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा नेपाली अभिनेत्री मनिषा कोइरालाको तत्वावधानमा मुम्बईमा दिएको पार्टीमा बलिउड स्टारहरु समेत उपस्थित भएका छन् । बम्बै कलाकार समाजले प्रधानमन्त्री ओलीको सम्मानमा मुम्बईको हयात रिजेन्सी होटलमा आयोजना गरेको कार्यक्रममा बलिउड सुपरस्टार गोविन्दा, जीतेन्द्र, गुलसन ग्रोवर, निर्देशक सुभास घई, गायक उदित नारायण झा, दीपा नारायण, संगीतकार भप्पी लहरी, नेपाली कलाकार सुनिल थापा, प्रसिद्ध चित्रकार लक्ष्मण श्रेष्ठलगायत उपस्थित थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले गोविन्दालाई ‘हाम्रा ज्वाई गोविन्दालाई स्वागत छ’ भन्दै स्वागत गर्नुभएको छ । गोविन्दाकी श्रीमती नेपाली मूलकी भएकीले उहाँले यस्तो भन्नु भएको हो । उहाँले आफू फिल्म दुनियाँमा आएको महसुस भएको बताउदै फिल्म सुटिगंकालागि नेपाल आउन समेत निम्ता दिनुभएको छ । प्रधानमन्त्री सहभागी सबै कार्यक्रममा उपप्रधानमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री विष्णु पौडेल सहभागी बन्नुभएको थियो । प्रधानमन्त्री केपि शर्मा ओलीको नेतृत्वमा रहेको भ्रमण टोली नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल प्रस्थान समेत गरेको छ ।

प्रतिक्रिया