प्रवाशी नेपालीलाइ कम नआँकीयोस

प्रवाशी नेपालीलाइ कम नआँकीयोस

Sher Bdrगत फागुन ७ गते नेपालका सम्माननीय प्रधानमन्त्री ६ दिने भारतको राजकीय भ्रमणमा आउनुभयो । नयाँ दिल्लीमा महत्वपुर्ण भेटघाट भए, उहाँ टिहरी जानुभयो । साथै भुकम्पको पुर्ननिर्माणबारे अध्ययन भ्रमणमा गुजरातको भुज पनि जानुभयो । तत्पश्चात उहाँ मुम्बई आउनुभयो । जहाँ यो पंक्तिकार बस्छ । मुम्बइमा आएर उहाँले महाराष्ट्रका गर्वनर सँग रात्री भोज गर्नुभयो भने विहान उधोगहरुको अवलोकन तथा साढे बाह्रबजे देखि करिब १२० बढि उधोगीहरुसँग लन्चिगं गर्दै सम्बोधन पनि गर्नुभयो । तत्पश्चात उहाँको स्वागतार्थ त्यहाँ उपस्थित प्रवाशी नेपालीहरुलाई सम्वोधन गर्दै उहाँले देशको पुर्ननिर्माणमा लाग्न अभिप्रेरित गर्दै नेपालीहरुको न्यानो स्वागतलाई हृदयागंम गर्नुभयो । र भ्रमणको अन्तिम समयमा केहि भारतीय कलाकार, केहि नेपाली कलाकारहरुलाई सम्बोधन गर्दै नेपालमा आएर फिल्म सुटिगं गर्न आग्रह गर्नुभयो । यति नै हो उहाँको मुम्बइ भ्रमणको दैनिकि ।
यो पक्तिंकारले त्यहाँ सहभागी भइरहँदा भारतीय उधोगीहरुको सम्बोधनलाई अत्यन्तै महत्वका साथ हेरिरह्यो । त्यहाँ उपस्थित उधोगीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न आव्हान गरे । बुद्व जन्मेको देश, संसारकै प्राकृतिक रुपमा धनि देश, एक सिंगे गैँडा, विश्वको शिर सगरमाथा भएको देश नेपाल हो भन्दै नेपालमा लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिने आधार समेत उहाँले प्रस्तुत गर्नुभयो । यो नै एक प्रमुख सफलता हो कि उधोगीहरु उहाँको यो भनाई प्रति अत्यन्तै विश्वस्त देखिए । अब नेपालमा लगानी गर्न आफूहरु इच्छुक समेत रहेको र केहि समय पश्चात नै नेपाल जाने यो पत्तिंmकारसँग केहि व्यापारीहरुले बताएका थिए ।
भ्रमणमा मलाई एउटै कुरा खट्किरह्यो । त्यहाँ मुम्बइमा पत्रिका प्रकाशन हुन्छ भनेर नेपाली राजदुतावास लाई समेत जानकारी थियो । तर उनिहरुले कुनै जरुरी नै ठानेनन कि यहाँका पत्रकारलाई समेत त्यो भ्रमणमा सहभागी गराइनु पर्छ भनेर । यो पक्तिंकारले नयाँ दिल्लीमा समेत सम्पर्क गरेको थियो । राजनीतिक काउन्सेलर तिर्थराज वाग्ले सँग । उहाँको भनाइलाई समेत समेटेर नेपाल न्यूजमा हामीले समाचार समेत प्रकाशन गरेका थियौँ । जब उनिहरु मुम्बई आए । प्रधानमन्त्रीका कार्यक्रमबारे समेत जानकारी दिन चाहेनन् । अन्य समयमा राम्रो कुरा गर्ने नेताहरु, समाजसेविहरु सबैका सामु यो पक्तिंकार निरिह जस्तै बन्यो । यहाँ म उदाहरण दिन चाहन्छु । प्रम ओली सान्ताक्रुञ्जमा पुग्नु पुर्व नै प्रनेस भारतका केन्द्रिय सदस्य टेक ब.रावल, राज्य अध्यक्ष कटक शाही, राज्य उपाध्यक्ष सुरेश बोहोरा र म पुसिकेका थियौँ । मैले पासको समेत कुरा गरेँ तर वाग्ले ज्यू तल लिन आँउछु भन्दै करिब चार घण्टा कुराउनुभयो । अन्त्यमा युवराज बास्कोटा सँग भेट गरेर त्यो पनि बारम्बारको सम्पर्क पश्चात हामी फर्कियौँ ।
अर्को दिन समाचार संकलनको लागि म समयमै पुगेँ । तर त्यहाँ भेटघाट गराउने कुनै मेसो देखिएन । यधपी नेपालबाट आएको दबाब, त्यहाँ रहेका माननीय अर्थमन्त्री ज्यूको निर्दैशन तथा समाजसेवि मास्टर थापाको सहयोगमा मैले समाचार संकलन गर्ने मौका पाएँ । मलाई यो युद्वमा विजय प्राप्त गरेको क्षण झैँ लाग्यो । नलागोस पनि कसरी, भारतमा पत्रकारीता गर्नु आफैमा एक चुनौतीपुर्ण त छदैँ छ त्यसैमा आफ्नै देशबाट भ्रमणमा आउनुभएका प्रधानमन्त्रीसँगभेट गर्ने अवसर मिल्यो । प्रत्यक्षरुपमा समाचार संकलन गर्न पाइयो । यो भन्दा अर्को सुखद क्षण हुदो रहेनछ । मलाई गर्वानुभुति भयो ।
कुरा लगानीका
नेपालको पुर्ननिर्माण होस, हरेक क्षेत्रमा समुन्नतीहोस । देशले काँचुली फेरोस । हामी जस्ता युवाहरुले आफ्नै देशमा केहि गरिखाने परिपाटीको सुरुवात होस । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्दै उनिहरुलाई सीप र क्षमताका आधारमा काम दिइयोस । र सदैव नेपाली नै भई शिर ठाडो पारेर बाँच्न पाइयोस् यो हरेक प्रवाशी नेपालीको चाहना हो । चाहे कोही पि.एच.डि उत्तिर्ण गरेर विदेश गएको व्यक्ति होस त कोही निरक्षर भएको ब्यक्ति होस् ।
नेपालका प्रधानमन्त्री ओलीले बढि भन्दा बढि विदेशी लगानी भित्राउने भन्दै योजना बनाउनु भएको कुरा यो पत्तिंmकारले थाहा पायो । मुम्बइबाटै नेपालका अर्थ मन्त्री ज्यूलाई दैलेखी एकता समाज भारतको संयोजनमा प्रम वा अर्थमन्त्रीसँग आदित्य विडला ग्रुपका उधोगपति तथा चेयरमेन कुमार मंगलम सँग वान टु वान बैठकको आयोजना गर्ने योजना रहेको फोन मार्फत जानकारी दिएँ । उहाँले हुन्छ भन्नुपनि भयो । तर मलाई दिल्ली स्थित दुतावासमा सम्पर्क गर्न लगाइयो तर दिल्ली स्थित दुतावासले कुरै सुन्न चाहेन ?दैलेखी एकता समाजका अध्यक्ष दिलीप आचार्य आदित्य विडला ग्रुपको सिनियर ट्याक्स म्यानेजर हुनुहुन्छ । उहाँले यो पक्तिंकार सँग भन्नुभएको थियो कि नेपालमा अहिले सम्म यो समुहले कुनै पनि लगानी गरेको छैन । यदि समय मिलेमा हामी संयोजन गरेर नेपालमा लगानी गन प्रोत्साहित गरौँ । यो कुराले मलाई पनि हौस्यायो । आफूले नेपालमा लगानी गर्न नसकेपनि यदि कुनै पनि ठुला औधोगीक घरानाले नेपालमा हाम्रो अनुरोध बमोजीम लगानी गर्न तयार भए र देशले सुरक्षा दिएर हजारौँ नेपाली युवाहरुले रोजगारी पाए भने त्यो भन्दा सुखद क्षण नेपालीको लागि अर्को के नै हुन्थ्यो र ?
तर यहाँ त्यसरी कुरा गर्ने वातावरण नै बनाइएन, कारण के हो ? किन उनिहरुले हामी प्रवाशी नेपालीहरुले बारम्बार अनुरोध गर्दा पनि त्यति महत्व दिन सकेनन त ? यो कुरा मैले प्रधानमन्त्री ज्यूसँग राखेँ । उहाँलाई जानकारी सम्म दिइएन । उहाँले भन्नुभयो यदि यो कुरा थाहा पाएको भए म जतिबेला भएपनि समय दिन सक्थेँ । यदि त्यसो हो भने यो खबर किन दिइएन त ?
मेरो बुझाइमा प्रधानमन्त्रीको यो भारत भ्रमणलाई असहयोग गर्नेहरुको षडयन्त्र हुनसक्छ । उहाँलाई लगानी गर्न तयार भएका व्यक्तिहरुसँग यदि प्रवाशी नेपालीहरुले भेट गराए भने नेपालको मुहार फेरीन सक्छ र भोली नेपालमा स्थिरता, विकास भएको खण्डमा आफ्नो दुनो सोझ्याउन मिल्ने छैन । फलस्वरुप केपि ओली नेपालका एक सफल प्रधानमन्त्री बन्न सक्नेछन् । जसका कारण भ्रष्टहरुको नेपाललाई अस्थिरता, गरिवि तथा भोकमरी, बेरोजगारी जस्ता कुरामा तडपाउदै जाने र आफ्नो स्वार्थ पुरा गर्दै जाने योजना असफल हुनसक्छ । तसर्थ यस्ता कुरामा नेपालका राजनीतिज्ञ, बुद्विजिवी सबैलाई सचेत हुन आग्रह गर्दछु । यसै लेख मार्फत ।
अन्त्यमा, नेपालका प्रधानमन्त्रीको भारत भ्रमण असाध्यै सफल भएको छ । यो कुरा हामी भारतमा बस्नेहरुले राम्रैसँग बुझेका छौँ । नेपालका प्रधानमन्त्रीको अडानका कारण दुवै देशका प्रमुखको संयुक्त विज्ञप्ती आएन । यो नेपालका कारण होइन भारतकै कारण हो । यसमा नेपालले कुनै सम्झौता गरेन । ओली आफ्नो अडानबाट पछि हटेनन । यो नै सच्चा नेपालीहरुको जित हो । यहाँ काम गर्ने हरेक नेपालीलाई नेपालको माया छ । आवश्यक परेको खण्डमा भारत प्रवाशबाट लाखौँ नेपालीहरु नेपालमा आन्दोलन गर्न गएका दृष्टान्तहरु दिइरहनुपर्दैन । अब आन्दोलन मात्रै गर्नकालागि प्रवाशी नेपालीहरुलाई बोलाइने परिपाटीको अन्त्य गरिनुपर्छ । ओली सरकार । हामी पनि देशकालागि केहि दिनसक्ने हैसियतमा पुगिसकेका छौँ । मात्रै यति हो कि हामीलाई मजदुरी गर्नेको नजरबाट मात्र नहेरियोस । हामीलाई उपयुक्त वातावरण चाहिएको छ । करिब ८ लाख बढि नेपालीहरु महाराष्ट्रमा नै छौँ । उपयुक्त योजना ल्याउनुहोस हामी ८ लाख नेपालीलाई कुनै जिम्मा दिनुहोस् हामी त्यो भुमिका निर्वाह गर्न तयार छोँ ।
अतः हाम्रो अनुरोध छ हामी प्रवाशी नेपालीहरुलाई कम्ता नआाकीयोस । देशकोलागि सम्पती त के ज्यानै पनि अर्पण गर्न सक्ने ताकत हामीसँग छ । अब हामी सामान्य मजदुर मात्रै छैनौँ । व्यापारी, उधोगपति तथा डाक्टरको रुपमा पनि मुम्बइमा स्थापीत भइसकेका छौँ । धन्यवाद ।
लेखक नेपाल न्यूज दैनिकका पत्रकार हुन ।

प्रतिक्रिया