सिंहदरबारभित्रै धूमपान

सिंहदरबारभित्रै धूमपान

काठमाडौं, चैत १०
सिंहदरबारभित्र बारम्बार ‘ड्रेस कोड’ लगाउन सर्कुलर जारी गर्दा अटेर गर्दै आएका कर्मचारीले लुकुछिपी धूमपान समेत गर्ने गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
सरकारले केही समयअघि सिंहदरबारलाई धूमपान निशेधित क्षेत्र घोषणा गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रले सिंहदबारलाई धूमपान निषेधित क्षेत्र घोषणा गर्दै त्यसलाई कडाईको साथ पालना गराउन सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो ।
तर प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रको सर्कुलरलाईं अटेर गर्दै अधिकांश कर्मचारीले लुकिछिपी धूमपान गर्ने गरेका छन्।
यस विषयमा सामान्य प्रशासन मन्त्रालयले गोप्य अनुगमन थालेको छ। सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटाले सिंहदरबारलाई पूर्ण रुपमा धूमपान निषेधित क्षेत्र बनाउन अनुगमनलाई कडा पारिने जानकारी दिए ।
साभार ः सेटोपाटी

प्रतिक्रिया