शिविरमा ९ सयले स्वास्थ्य परिक्षण गरे

शिविरमा ९ सयले स्वास्थ्य परिक्षण गरे

नवराज आचार्य
चैत्र १३, दैलेख लयाँटीबिन्द्रासैनीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ९ सय सर्वसाधारणले स्वास्थ्य परिक्षण गरेका छन् । सुर्खेत हस्पिटल प्रालिको प्राविधीक र समाजसेवीहरुको आर्थिक सहयोगमा भैरव यूवा क्लव लायाँटीबिन्द्रासैनीले आयोजना गरेको एक दिने शिविरमा सुर्खेत क्षेत्रिय र सुर्खेत हस्पिटलमा कार्यरत फिजिसिएन डाक्टर केएन पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रुपक कंडेल र स्त्री रोग विशेषज्ञ डाक्टर कमल थामी तिन जना विरामीहरुको स्वास्थ्य जाँचमा संलग्न थिए । Nawaraj (3) Nawaraj (2) Nawaraj (1)यसरी गाउँ मै निशूल्क रुपमा डाक्टरहरु वाट स्वास्थ्य जाँच गर्न पाउँदा आम नागरिक खुशि भए । सधै पेट दुख्न्या, मुटु झस्कीरन्या हुन्थ्यो डाक्टर सँग देखाउन पाथ्यान आज राम्रै सँग धेकाउन पायाँ साह«ै खुशी लाग्या छ लयाँटीबिन्द्रासैनी वडा नम्वर १ की ६५ बर्षिया बृद्ध अमृता ढकालको भनाई । उनि भन्छिन् गाउँका कैयाँै बुढा बुढिले विराम चेक अर्न पायाका छियानन् केटकेटीले शिविर ल्याया र राम्रो अर्या । बिन्द्रासैनीमा डाक्टरहरु सहभागी भएर निशूल्क स्वास्थ्य शिविर भएको आज सम्मकै पहिलो हो । गरीवि र चेतनाका कारण सुर्खेत नेपालगंज सम्म जान नसकेका विरामीहरुलाई मध्यनजर गरि शिविर ल्याइएको हो, धेरै आमा वुवा दाजु भाइ दिदिबहीनीहरुले आफ्नो विराम चेक गरे फेरी पनि वहाँहरुको शिघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दछु, शिविर उद्घाटन सत्रका प्रमुख अतिथि सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बासुदेव शर्माले भने । त्यस्तै स्वास्थ्य शिविर उद्घाटन सत्रका विशेष अतिथि नेपाली कांग्रेश जिल्ला कार्यसमिति, दैलेखका सदस्य रत्न शाही र अतिथि क्षेत्र नम्वर २ का क्षेत्रिय उपसभापति नैनबहादुर शाहीले स्वास्थ्य परिक्षण गराउने सबै विरामीको स्वास्थ्य लाभको शुभकामना दिएका थिए । शिविरमा औषधी कम्पनीहरुको सहयोगमा निशूल्क औषधी समेत वितरण भएको थियो भने ल्यावको सहयोग सुर्खेत हस्पिटल प्रालिले नै गरेको थियो । सिविरमा सहभागी आम सर्वसाधारणको घुइचोलाई व्यवस्थित गर्न ५० जना स्थानीय स्वयमसेवक र पाल्तडा प्रहरीका दुइजना खटिएको कल्वका संयोजक जोगी शाहीले बताए । शिविर व्यवस्थापन लागत १ लाख १५ हजारको आर्थिक सहयोग लयाँटीबिन्द्रासैनीका बाशुदेव शर्मा, छत्रकुमार थापा, खगेन्द्र शर्मा, रत्न शाही, रामबहादुर खड्का जम्वुकाँधका दिक्पाल शाही सुर्खेतका व्यवसायी, नगेन्द्र गुप्ता, टिकाराम पौडेल, ओमजंग रोकाया, जगत विष्ट र श्यामलाल कडेलले गरेका थिए ।

प्रतिक्रिया