विपद् व्यवस्थापन तालिम

विपद् व्यवस्थापन तालिम

एभरेष्ट क्लव दैलेखद्वारा सञ्चालित नेपाल विकास कार्यक्रमको आयोजनामा प्राकृतिक तथा दैबीप्रकोपको समयमा विपद् जोखिम व्यवस्थापन कार्ययोजना विषयक ४ दिने तालिम आजदेखि दैलेख सदरमुकाममा सुरु भएको छ ।
तालिम उद्घाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर खत्रीले विपद्को समयमा प्रहरी, प्रशासन र नेपाली सेनाको मात्र भर पर्ने संस्कार त्यागेर सामाजिक दायित्व भएका सबै निकायको तत्परता बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
त्यस बखत प्रमुख जिल्ला अधिकारी क्षेत्रीले कार्ययोजनाले श्रोत, जनशक्ति परिचालन सहज हुने र सरोकारवालावीच समन्वय पनि प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो ।
बाढी, पहिरो, आगलागी, भुकम्प लगायतका प्रकोपको समयमा जोखिम कम गर्न, पीडित तथा प्रभावित परिवारको उद्धार, उपचार तथा राहत सहयोग समन्वय विषयमा लुथर्न वल्र्ड फेडेरेशनका शिखर रेग्मी र अञ्जना बस्नेतले सहजीकरण गर्नुभएको छ । तालिममा विपद् व्यवस्थापनका सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया