आजवाट महोत्सव शुरु सिगारिँदै दैलेख सदरमुकाम

आजवाट महोत्सव शुरु सिगारिँदै दैलेख सदरमुकाम

दैलेख १६ वैशाख– यतीवेला तपाईहरु दैलेख सदरमुकाम आउदै हुनुहुन्छ भने तपाईले सदरमुकाम झट्ट हेर्दा कुनै व्यक्तिको विवाहमा गराईने रंगी चंगी भन्दा कम नभएको महशुर गर्नुहुने छ । सदरमुकाम सँगै जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्ला भित्रका विभिन्न बजार केन्द्रहरुमा पनि अहिले ब्यानरहरुले भरिभराउ छन् । mahosba phआ–आफ्ना पसल अगाडि व्यानरमा दैलेख महोत्सवमा पाल्नुहुने प्रमुख अतिथि विशेष अतिथि, अतिथि एवं सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्दछौ भनेर लेखिएका व्यानरले दैलेख वजार दुलही झै सिगारिएको छ । जिल्लाको प्रतिष्ठा सँग महोत्सब जोडिएको भन्दै जिल्ला बासिहरुलाई महोत्सब सफल बनाउन अहिले भ्याइ–नभ्याइ भएको छ । उद्योगी, व्यापारी, संघ संस्था, सरकारी कार्यालय लगाएतले वजारमा स्वागतका व्यानरहरुले रंगि चंगी वनाएका छन् भने सेवा ग्राहिलाई समेत महोत्सबको निम्ता दिने गरेका छन् ।
‘समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ भन्ने मुल नाराका साथ आज शुक्रबार देखि महोत्सव संचालन हुन लागेको छ । महोत्सवको उद्घाटन सम्माननीय उपराष्ट्रपती नन्द किशोर पुनले गर्दै छन् । नारायण क्याम्पसमा उद्घाटन भई स्थानीय काँडाचौरमा संचालन हुने महोत्सवको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन् । दैलेखलाई कृषि पर्यटन र व्यापार क्षेत्रमा अगाडि वढाउन र दैलेखको पर्यटकिय क्षेत्रलाई प्रचार प्रसार गरी पर्यटन क्षेत्रमा दैलेखलाई चिनाउनको लागि महोत्सव संचालन सुरु गरिएको दैलेख उद्योघ वाणिज्य संघले जनाएको छ । महोत्सवको जिल्ला भित्र र अन्य आसपासका जिल्लाहरुमा समेत व्यापक प्रचार भएको आयोजक उद्योग वाणिज्य संघ दैलेखले जनाएको छ । पर्यटन प्रर्वद्धन र स्थानीय उत्पादनको वजारीकरणलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रशार गर्न महोत्सवले थप टेवा पु¥याउने दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति प्रशाद शर्माले बताए । महोत्सवमा करिव ७० लाख खर्च र आम्दानी करिव १ करोड ६ लाख हुने आयोजकले जनाएको छ । महोत्सवका मुख्य आर्कषकहरु स्थानीय उत्पादन र घरेलु निर्माण सामाग्रीहरुको खरिद विक्रि तथा अवलोकन, स्थानीय समाजिक संस्कारमा आधारीत विभिन्न झाँकीहरु प्रदशन र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु हुन ।

प्रतिक्रिया