नेपालमा आर्थिक क्रान्ति जरुरी ः उपराष्ट्रपति

नेपालमा आर्थिक क्रान्ति जरुरी ः उपराष्ट्रपति

महेन्द्र सापकोटा
दैलेख १७ वैशाख– नेपालमा अर्थतन्त्र वलियो वनाउनको लागि अवको पालो आर्थिक क्रान्ति भएको उपराष्ट्रपति नन्द किशोर पुनले बताएका छन् । दैलेख महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ठुला उद्योग धन्दाहरु संचालन गरी आर्थिक क्रान्ति आवश्यक भएको वताएका हुन् । Mahatshop‘समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धि र आर्थिक क्रान्तिका लागि वृहत राष्ट्रिय एकता आजको आवश्यकता भएकाले सम्पूर्ण नेपालीहरु एकजुट भएर लाग्नु पर्ने बताए । महोत्सव उद्घाटन समारोहलाई सम्वोधन गर्दै स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले दुर्गम जिल्लाहरुमा पहूँच नभएको भन्दै राज्यले विनियोजन गर्ने विकास योजना दुर्गम जिल्लाहरुमा समान ढंगवाट पु¥याउने आशश्वासन दिएकी छन् । मन्त्री शाहीले दैलेख कला संस्कृती, खनीज, र जलश्रोतको धनि भएकाले, सबै श्रोत साधानको प्रयोग भए राष्ट्रकै विकास निर्माणमा दैलेखले टेवा पु¥याउने बताइन् ।
ग्यास पेट्रोल र अपरकर्णली जस्ता महत्वपूर्ण आर्थिक समृद्धिका स्रोत दैलेख जिल्लामा पर्ने भएकाले देशको आर्थिक पाटोमा दैलेखको पनि टेवा पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकालले बताए । दैलेखका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु अन्तराष्ट्रिय बजारसम्म पु¥याउनका लागि दैलेख सदरमुकाममा कृषि उपज संकलन केन्द्र स्थापना गर्नु यस महोत्सवको उपलब्धी हुने आयोज उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्तिप्रसाद शर्माले बताए । दश दिन सम्म चल्ने महोत्सवमा करिव ७० लाख खर्च र आम्दानी करिव १ करोड ६ लाख हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया