शिक्षकद्धारा आफ्नै विद्यार्थीलाई यौन दुरव्यवाहर

शिक्षकद्धारा आफ्नै विद्यार्थीलाई यौन दुरव्यवाहर

दुर्गा वि.सी
सल्यानको जनसेवा निमावि चाँदे ४ सागिनेका शिक्षक सन्दीप खड्काले आफ्नै विद्यार्थीलाई यौन दुरव्यवहार गरेका छन् । जनसेवा निमावि सागिनेमा कक्षा ८ मा पढ्ने उप नाम सीता गरेकी बालीकालाई वैशाख १७ गते साँझ बालीकाको घरमा कोहि नभएको मौका छोपी शिक्षक खड्काले दुरव्यवहार गरेको जनाएको छ । शिक्षक खड्कालाई पिडितका आफ्न्तले नियन्त्रणमा लगेर प्रहरीलाई खबर गरेपछि इप्रका सल्लीवजारबाट गएको प्रहरीले खड्कालाई नियन्त्रणमा लिई जिल्ला चलान गरेको छ । साथै पिडितका आफ्न्तले आजनै मुद्धा दायर गरेको इप्रका सल्लीवजारले जनाएको छ । शिक्षक खड्का भने सो विद्यालयको प्रावि शिक्षक भएको वताएको छ ।

प्रतिक्रिया