सुरक्षित वसाई सराई गोष्ठि सम्पन्न

सुरक्षित वसाई सराई गोष्ठि सम्पन्न

दैलेख जिल्लाको वडाखोला, विन्ध्यावासिनीे र वाँसी गा.वि.स.मा सुरक्षित वसाइ सराई र एच.आई.भि. एड्सको प्रभाव विषयक १÷१ दिने गोष्ठि सम्पन्न भएको छ । ग्रामिण भेगमा शिक्षा स्वास्थ्य, खानेपानी, यातायात जस्ता विभिन्न खाले समस्या भोग्नु पर्ने वाध्यता रहेको भन्दै हिजो आज सहर बजार तिर सुविधाको खोजिका लागि अधिकांस मानिसहरु दिनानु दिन तिव्र गतिमा सुविधायुक्त ठाँउमा वसाई सर्ने गरेका छन । ग्रामिण भेगवाट वसाँइसराई गरेर जाने समस्यालाई न्युनिकरण गर्नका लागि गा.वि.स.का रहेका राजनैतिक दल युवा क्लव,वाल क्लव, आमा समुह र सर्वसाधारणको उपस्थितीमा महिला युवा तथा वालअधिकार प्रर्वधन कार्यक्रम ले सचेत गराउने उद्देश्यका साथ १ दिने गोष्ठि संञ्चालन गरेको छ । प्राय जसो नेपालको गा्रमिण भागमा प्राकृतिक प्रकोपको उच्च जोखिम रहेकाले कतिपय सर्वसाधारणले उचित वास स्थानको छनौट गर्न नसक्दा धन जनको क्षेती ब्यहोर्न परेको छ। साथै स्थायि,अस्थायी र मौसमी बसाइसराई ले गर्दा यौनजन्य तथा एच.आई.भि. एड्स जस्ता महामारी रोग भित्रिने भएका कारण जनचेतना जोगाउन का लागि सहज पुयाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक दुर्गा गिरीले वताउनु भयो ।

प्रतिक्रिया