दुइ घन्टामा नै हत्या आरोपी पक्राउ प्रहरी द्वारा छानबिन जारी, दुइ नेपालीको निर्संस हत्या, लिङ्ग समेत काटियो

दुइ घन्टामा नै हत्या आरोपी पक्राउ प्रहरी द्वारा छानबिन जारी,  दुइ नेपालीको निर्संस हत्या, लिङ्ग समेत काटियो

मुम्बई, १९, जेठ ! रोजगारीका लागि मुम्बईको मारुल पाडा उल्लाहस नगर मा दुइ नेपाली युवाको गत राती निर्संश तवरमा हत्या भएको छ ! नेपालको कैलाली जिल्ला लम्की चुहा नगरपालिका वार्ड न दुइ चौरी स्थायी घर भएका तिस बर्षिय मदन सुनार र अठ्ठाइस बर्षिय राजु सुनार को बिहिबार बिहान साढे दुइ बजे तिर हत्या भएको हो ! मदन इेक्ट्रसियन को रुपमा कार्यरत थिय भने राजु परिवार र छ महिनाकी छोरी अनि श्रीमती सहित बालाजी प्यालेस बिल्डिंग मा सेक्युरिटी गाडमा एक महिना देखि कार्यरत रहेका थिए ! मृतक राजुकी श्रीमती पवित्रा सुनारका अनुसार उनका पति र जेठाजु मदनले बुधबार राती संगै खाना खाएका र राती करिब एक बजे जेठाजु मदन लाइ पुर्याउन भनेर राजु पनि संगै निस्केका थिए ! करिब दस मिनेटको बाटो रहेपनि उनि फर्केर आएनन ! उनले रुदै भनिन “एक महिना अघि मात्रै हामी यहाँ आएका थियौ !” मृतक राजुका साला नरेश सुनारले ज्वाला सन्देशलाई बताए अनुसार दुवै जनालाई शरीरको सबै ठाउमा धारिलो हतियार प्रयोग गरेर मरुल पाडा स्थित राधा कृष्ण मैदानमा लिङ्ग समेत काटेर फालिएको अबस्थामा बिहान ८ बजे फेला पारिएको थियो ! उल्लाहस नगर मै काम र समाजसेवा गर्दै आएका कमल सुजिले हत्या प्रकरण संकास्पद रहेको दाबी गरेका छन् ! उनले भने “सामान्य रुपमा मदन को बिल्डिंग कि महिलासंग विवाद भएको र सोहि बिबादका कारण उनीहरु दुबैको हत्या भएको हो ” एकता मंचका केन्द्रिय सह कोषाध्यक्ष मोहन देवकरले आफुहरु मृतकको परिबारलाई राहत दिलाउन र दोषीलाई कडा भन्दा कडा सजाय दिलाउन लागि परेको बताए ! घटना स्थल पुगेका प्रनेस भारतका महारास्ट गुजरात संयुक्त राज्य समिति अध्यक्ष कटक शाहीले सबै नेपालीहरुले अब सचेत बनेर बस्नु पर्ने भन्दै यो घटनाले आफुहरु लाइ स्तब्ध तुल्याएको बताए ! साथै यो दुखद घडीमा सबै नेपाली संघ संगठन एक भएर लड्नु पर्ने समेत बताए ! यस्तै समाजसेबी आइडी सिंगले अब सबै नेपाली एक हुनुको बिकल्प नरहेको बताय !
उता हत्याको खबर पाए लगत्तै अपराधी खोजतलासमा सक्रिय प्रहरीले पाच जना लाइ हत्यामा प्रयोग भएको चक्कु, मोटरसाइकल, र मृतक को लिङ्ग सहित पक्राउ गरेको छ ! कल्याण तालुक टिटवाला पोलिस ठानेका बककष्कतबलत उयष्अिभ ष्लकउभअतयच समाधान नागरे ले बताए अनुसार पक्राउ परेका अभियुक्तहरुले मदिरा सेवन गर्न मृतकहरु संग पैसा मागेको तर उनीहरुले नदिदा विवाद भइ हत्या गरेको बताएका छन् ! प्रहरीले भारतीय संविधानको धारा ३०२ तहत केश दर्ता गरि अघि बढाएको छ ! हत्या आरोपी उल्लाहस नगरका रहेका छन् ! हत्या आरोपमा स्थानीय अनिल मेघदास पेट्निया, हरदिप सिंह, त्रिलोक सिंह गिल, राम अनिल डेम्वानी, बिशाल सिंह र सोनु सिंह थुनामा रहेका छन् ! सहायक पोलिस इन्स्पेक्टर नागारेले मृतक राजु सुनारकी पत्नी पवित्रा सुनारको बयान समेत लगेर छानबिन गर्ने र दोषी हरुलाई कानुनी कठघरामा उभ्याई छाड्ने प्रतिबद्वता जनाय ! दुइ नेपाली युवाको हत्या भैसकेपछि त्यहाँ नेपाल दलित पार्टीका महरास्ट्र इन्चार्ज लालसिंह देवकार, हरिओम नेपाली एकता समाजका अध्यक्ष नैनसिङ्ग दास लगायत सयौ नेपाली समाजसेबी हरुको सहभागिता रहेको थियो ! मृतक दुवै जनाको उल्लासनगर स्थित सेन्टर अस्पतालमा पोस्टमार्टम समेत भैसकेको छ भने मृतकको आज शुक्रबार अन्तिम दाहसंस्कार गरिने समाजसेबी राकेश नागार्जीले बताय !

प्रतिक्रिया