पुल नहुँदा पढाई प्रभावित । सम्बन्धित निकायले चासो नदिँदा विद्यार्थीको भविष्य समेत डामाडोल ।

पुल नहुँदा पढाई प्रभावित । सम्बन्धित निकायले चासो नदिँदा विद्यार्थीको भविष्य समेत डामाडोल ।

 ज्वाला सन्देश सम्वाददाता

दैलेख, २१ जेठ –जिल्लाको विकट गाविस मानिने द्धारी–७ भित्रिखोलाका अभिभावकहरु वर्षात सुरु भएसंगै यतीवेला चिन्तित छन् । धमाधम विद्यालयमा पढाई भइरहँदा आफ्ना वालवालिकाहरु विद्यालय जान नपाउँदा उनिहरुको भविष्यप्रति चिन्तित हुन थालेका हुन् । वर्षातसंगै खहरेखोला उर्लिन थालेपछि पुल नहुँदा त्यहाँका अधिकांश विद्यार्थीहरु विद्यालय जानवाट वञ्चित हुन थालेका छन् । केहि ठाउँमा जिर्ण झोलुंगे पुल भएपनि अधिकांश स्थानमा पुल नहुँदा विद्यार्थीको पढाई प्रभावित बन्न पुगेको हो । विद्यालय आसपासका खोलामा पुल नहुँदा विद्यार्थीहरुको चाप घटेको बुलबुले प्रावि द्धारी–७ भित्रिखोलाकी प्रधानाध्यापक गंगा कोइरालाले वताइन् । ‘यो वर्ष बर्षे विदा नहुँदै वर्षात सुरु हँुदा स्थानीय खहरेखोला वढेर वारपार गर्न नसक्दा विद्यार्थी आउन छाडे’ प्रधानाध्यापक कोइरालाले भनिन्, ‘भौगोलीक विकटताले गर्दा पनि खोला धेरै हुनु र पुल निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा विद्यार्थीको भविष्य समेत डामाडोल भएको छ ।’ पुल निर्माणमा पटक–पटक गाविससंग आग्रह गरेपनि सामान्य रकममा काठका लाप्काको लागि मर्मत योजना दिएपनि खासै प्रभावकारी नभएको बुलबुले प्राविका व्यवस्थापन समिति अध्यक्ष कले बुढाले गुनासो गरे ।

‘खहरे खोला वढ्दै गई सके, पानी पर्दा चिप्लने डरले काठका लाप्कावाट साना वालवालीकालाई विद्यालय पठाउन समस्या छ’ अध्यक्ष वुढाले भने, ‘यहाको प्रमुख समस्या भनेको पुल हो, केहि ठाउँमा पक्की झोलुंगे पुल नभएसम्म विद्यार्थीको पढाई र स्थानीयलाई आवत–जावतमा समस्या आइरहेने देखिन्छ ।’ गाविसवाट विनियोजित रकम वढि जसो स्थानीय स्तरका शिक्षकहरुलाई निजि स्रोतवाट तलव खुवाउने गरेपछि पुल निर्माण जस्ता विकासे पुर्वाधारमा समस्या हँुदै आएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।

विकास निर्माणमा ध्यान दिएर काम गरेको भए अहिले विद्यार्थीहरुलाई यस्तो समस्या नहुने अभिभावक गोठे पुन बताउँछन् । ‘पुल नहुँदा बर्षातमा विद्यार्थीहरुलाई निकै समस्या हुने गरेको छ’ पुनले भने, ‘उत्तिसको रुख हालेर अस्थाई बनाईएको पुलहरु कुईएपछि विद्यार्थीको आवागमनमा समस्या हुँदा पढाई प्रभावित भएको हो ।’ गाउँ छेउछाउमा बग्ने खहरे खोला बर्षातसगै बढेपछि उत्तरी भेकका कालिका, वालुवाटार र द्धारी गाविस लगायतका विद्यालयमा विद्यार्थी चाप घटेको शिक्षकहरुले बताउँदै आएका छन् ।

द्धारीस्थित बुलबुले प्राथमिक विद्यालयमा रहेका ५४ जना विद्यार्थीमध्ये मुस्कीलले ३० देखी ३५ जनासम्म विद्यार्थी आउने गरेको विद्यालयले जनाएको छ । ठाउँ ठाउँमा रहेका खहरे खोलाले विद्यार्थीहरु विद्यालयसम्म आउन नसकेका प्रअ कोईरालाले बताईन् । खहरे बर्षामा ठुलो हुने गरेकाले विद्यालयमा विद्यार्थी संख्या कम आएको जनाईएको छ । विशेष गरि दैलेखको उत्तरपूर्वी क्षेत्रका नौमुले, बालुवाटार, कालिका, सल्लेरी र काशीकाँधका अधिकाँश लगाएतका विद्यालयहरुमा खहरे खोला बढेपछि पढाई प्रभावित हुने गरेको शिक्षकहरुले बताउँदै आएका छन् । विषयगत समितिमा शिक्षको पनि सहभागिता भएकाले योजना प्राथमिकता निर्धाणमा आफुले यसको वारेमा कुरा राख्ने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया