दुनियाले टिकट काटेर हेर्न लायक सुर्खेत बनाउछु ः प्रधानमन्त्री

दुनियाले टिकट काटेर हेर्न लायक सुर्खेत बनाउछु ः प्रधानमन्त्री

अवको २ वर्ष भित्र दुनियाले हेर्न लायक सुर्खेत बनाउने प्रतिवद्धता प्रधानमन्त्रीले केपी शर्मा ओलीले जनाएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गर्न सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीले समग्र छैटौं प्रदेशको केन्द्रविन्दु सुर्खेतको चौतर्फी विकास गर्नमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका हुन् ।

सुर्खेत बुलबुले र काँक्रेविहारले मात्र परिचत नहुने भन्दै प्रधानमन्त्री ओलीले शैक्षिक विकासले चिन्न लायक क्षेत्र बनाउने उद्घोष गरे । समग्र छैटौं प्रदेशमा अव अध्यारो हैन्, उज्यालो हुन्छ, अविकसित हैन विकासित प्रदेशको रुपमा परिचित हुने प्रधानमन्त्रीको दावी छ ।

यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन, जल, शहरी लगायतको क्षेत्रको विकास गर्न आफूले कुनै कसर बाँकी नराख्ने उद्घोष ओलीको छ । यो क्षेत्र प्राकृतिक खानी, जडिवुटीको हव भएको क्षेत्र भएको भन्दै ओलीले सुर्खेतलाई हेर्न लायक क्षेत्र बनाउने ठोकुवा गरे ।

http://onlinesurkhet.com/wp-content/uploads/2016/06/kp4.jpg
उनले अव देश विकासको गतिमा लम्किन्छभन्दा विकास विरोधी अत्तालिएको बताए । ‘नयाँ–नयाँ योजना र कार्यक्रम सार्वजनिक गर्दा विरोधीको सातो उडेको छ’ प्रधानमन्त्री ओलीले भने,–‘कुरा काट्ने काट्दै राख्छन्, भुक्नेहरु भुक्दै राख्छन् तर म देशको समग्र विकास निर्माणमा जुट्छु ।’

२ वर्षमा तुइन मुक्त देश बनाउछुभन्दा विरोधीहरु तीन छक परेको ओलीले बताए । ‘कतै बाँकी रहेका तुईनहरु छन की भावी सन्ततीलाई देखाउन फोटो खिच्नुस् । अव तुइन हटाएर झोलुङ्गे पुल निर्माण धमाधम भइरहेका छन् ।’ ओलीले भने । तर प्रधानमन्त्री ओलीले तुईन हटाएर झोलुङ्गे पुलमा जनतालाई चित्त बुझाउन नलागेको उद्घोष गरे ।

‘आज तुईन विस्थापित गरेर झुलेङ्गे पुल निर्माण हुन्छन् । भोली झोलुङ्गे पुल हटाएर गाडी गुढ्ने पक्की पुल निर्माण गर्ने योजनामा र्छौ ।’

kp12

प्रधानमन्त्री ओलीले थपे–‘सपना देखे मात्रै देश विकास हुने भएकाले तपाइहरुको साथ आवश्यक छ ।’ आफू एक्लैले कोदालो बोकेर बाँझोबारी खान्न नसकिने भन्दै उनले युवा पुस्ताले पनि देश निर्माणमा काँधमा काँध मिलाएर अगाडी बढ्ने हौसला दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विधि व्यवस्थापन भएको देशमा काम गर्न सहज हुने भएपनि नेपाल जस्तो गरिव मुलुकमा काम गर्न निकै सास्ती हुने गरेको बताए ।

kp11

स्थानीय निकायको निर्वाचन गराउँछु

प्रधानमन्त्री ओलीले आगामी मंसिरमा हुने स्थानीय निकायको निर्वाचन आफ्नै नेतृत्वको सरकारले गर्ने बताए । आफनो नेतृत्वको सरकार सधै टिकी राख्ने नभएकाले स्थानीय निकायको निर्वाचन गराएर सरकार परिवर्तन हुने संकेत प्रधानमन्त्रीको थियो ।

सरकारमा आएको भर्खरै आठ महिना भएको भन्दै प्रधानमन्त्री ओलीले जहाँ जान्छु सरकार कहिले परिवर्तन हुन्छ भन्दै सोध्ने धेरै भएकाले देश विकास कसरी हुन्छ भन्ने सोच राख्न सुझाए । उनले सधै केपी ओली नै प्रधानमन्त्री हो भन्ने मानसीकता नराख्न आग्रह गरे ।

kp8

छिमेकी मुलुक भारत र चीनबाट सहयोग लिएर देश विकास गर्नु पर्ने बेला आएको उल्लेख गरे । तर ओलीले अव भोकै कोही नमर्ने भन्दै चामल पठाउने व्यवस्था आफूले गर्ने दावी गरे । ‘धनी बन्न काम गर्नुहोस् तर कामै गर्न सक्नु हुन्न भने भात खुवाउने जिम्मेवारी म लिन्छु । नेपाली जनता कोही भोकै मर्ने छैनन्’ प्रधानमन्त्री ओलीले भने ।

kp9

तर प्रधानमन्त्री ओलीले अवको दुई वर्षमा देशको विकास गर्न सकेन भने जनताले दिने जस्तो सुकै सजाय पनि भोग्ने बताए । ‘देश विकास गर्ने योजना बनाउनुहोस्, बजेटको जोहो म गर्छु’ प्रधानमन्त्रीले थपे,–‘कहाँ कुन क्षेत्रमा कस्तो विकास खोज्नु भएको हो, योजना बनाउनुहोस् । आवश्यक लगानी म भित्राउछु ।’

http://onlinesurkhet.com/wp-content/uploads/2016/06/kp10.jpg

यसैविच, प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रसाशनीक भवनको शिलान्यास गरेका थिए । साथै उनले विश्वविद्यालय स्थापनार्थ सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरेका थिए ।

प्रधानमन्त्री ओली मध्यपश्चिम क्षेत्रीय अस्पतालको नयाँ भवनको उद्घाटन समेत गरेका छन् । विश्वविद्यालय कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यलायको पाँचौ सभा (सिनेट) को अध्यक्षता गरेर नयाँ बजेट र कार्यक्रम पनि सार्वजनिक गरेका छन् । अहिले प्रधानमन्त्री ओली एमाले सुर्खेतले आयोजना गरेको वृहत जनसभाको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सुर्खेत अनलाइनवाट

प्रतिक्रिया